Saturday , 21 July 2018
News update
Home >> kollywood >> वर्कशप अन डिजिटल फिल्मीङ । हलिउड प्रशिक्षक नेपाल आइपुगे ।

वर्कशप अन डिजिटल फिल्मीङ । हलिउड प्रशिक्षक नेपाल आइपुगे ।

निर्देशक समाजको आयोजनामा अगामी चैत्र २८ देखि बैशाख २ गतेसम्म सञ्चालन हुने वर्कशप अन डिजिटल फिल्मीङ कार्यक्रममा प्रशिक्षण दिनका लागी हलिउडका दुई चर्चित सिनेम्याटोग्राफरहरु नेपाल आइपुगेका छन । रेड क्यामेरामा बिशेष दख्खल राख्ने हलिउड बिज्ञ जस्टिन डि ओनिल र जेम्स इभान एगर्टन बुधबार राती नेपाल ओर्लिएका हुन । hollywoodन्युयोर्कबाट मोक्तान डिजिटलका प्रोपाइटर शम्भु मोक्तानले नेपाली आयोजकको सहकार्यमा उनीहरुलाई नेपाल ल्याइएको हो । कार्यक्रम अविधभर मोक्तानले नेपाली प्रशिक्षर्थी फिल्मकर्मीहरु र हलिउड प्रशिक्षक बीच दोभासेको काम समेत गर्नेछ ।
यहि शुक्रबारबाट पोखरामा सुरु हुने वर्कशप का लागी नेपाली फिल्मकर्मीहरुको एक जम्बो टोली बिहिबार पोखरातर्फ जानेछ । जहा टुरिजम बोर्डको हलमा हलिउड बिज्ञले नेपाली फिल्मकर्मीहरुलाई प्रशिक्षण दिनेछ । त्यस अघि चलचित्र बिकास बोर्डमा हुने एक कार्यक्रमका बीच वर्कसप उद्घाटन हुने छ र वर्कसपमा सहभागीहरु मनकामना भ्रमण संगै दृश्यहरुलाई कैद गर्दै पोखरा पुग्ने सेड्यूल रहेको समाजका कोषाध्यक्ष सुमन दाहालले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*