Saturday , 21 July 2018
News update
Home >> Features >> चकलेटी आर्यन कमेडी बन्दै ‘सुश्री’ को डबिङ मा ब्यस्त

चकलेटी आर्यन कमेडी बन्दै ‘सुश्री’ को डबिङ मा ब्यस्त

सफल चलचित्र लेखक शिवम् अधिकारीले निर्देशन गर्नु भएको चलचित्र ‘सुश्री’को अहिले यतिबेला धमाधम डबिङ कार्य भैरहेको छ ।राजधानीको बागबजारमा रहेको सिने जोन स्टुडियोमा अहिलेका व्यस्त नायक आर्यन सिग्देलले आफ्नो डबिंग गरिरहेका छन् ।चलचित्रको डबिंग भैरहेको सिने जोन स्टुडियोमा नमस्ते फिल्मी पुग्दा आर्यन सिग्देल पूर्ण कमेडी मुडमा थिए कारण चलचित्र पूर्ण कमेडी शैलीमा निर्माण भएकोले उनको डाइलगहरु पनि कमेडी नै थिए ।अहिलेका व्यस्त नायक आर्यन सिग्देलले चलचित्र ‘सुश्री’धेरै राम्रो चलचित्र बनेकोले चलचित्र चल्नेमा आफु बिस्वस्त रहेको नमस्ते फिल्मी सगको कुराकानीमा बताउनु भयो ।
023चलचित्रको डबिंगमा निर्देशन शिवम् अधिकारी चलचित्र एकदमै राम्रो बनेको भन्दै सानो सानो डाइलगलाई पनि ध्यान राखेर डबिंग गरिएको जानकारी दिनु भयो ।चलचित्रकी निर्मात्री यति बेला जर्मन रहेकाले चलचित्रको सम्पूर्ण जिम्मेवारी निर्देशक अधिकारीले नै हेर्नु भएको छ ।राजकृष्ण श्रेष्ठले श्वरंकन गरि रहनु भएको चलचित्र ‘सुश्री’ले सुस्ताएको नेपाली फिल्म उद्योगलाई माथि उठाउने श्रेष्ठले नमस्ते फिल्मी सगको कुराकानीमा बताउनु भयो ।
019चलचित्रमा आर्यन सिग्देल, आशिका तामाङ, राजाराम पौडेल, मिश्री थापा, सुर्बिना कार्की , रवि प्रधानको मुख्य भूमिकामा अभिनय रहेको छ ।चलचित्रमा बसन्त सापकोटा र सुबास भुषालको संगीत, रामेश्वर कार्कीको छायांकन, शंकर वीसीको नृत्य, कुमार महर्जनको एक्सन रहेको छ ।चलचित्रलाई आशिका फिल्मस् प्रालीको ब्यानरमा आशिका तामाङ र आत्मराम थापाले निर्माण गरेका हुन् ।चलचित्र ‘सुश्री’लाई बिजया दशमी को अवसर पारेर रिलिज गर्ने तयारी रहेको छ।
021

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*