Saturday , 23 June 2018
News update
Home >> Features >> ‘हाउ फन्नी’मा दयाहाङको फन्नी ,ट्रेलर हेर्नुहोश ।भिडियो

‘हाउ फन्नी’मा दयाहाङको फन्नी ,ट्रेलर हेर्नुहोश ।भिडियो

चलचित्र ‘हाउ फन्नी’ले शनिबार राजधानीमा एक कार्यक्रमको बीच चलचित्र रिलिज मिति सगै गीत र ट्रेलर सार्वजनिक गरेको छ ।चलचित्रकी मुख्य नायिका प्रियंका कार्कीको जन्मदिन पारेर निर्माण युनिटले उक्त कार्यक्रम आयोजना गरेको हो ।
how funny 1कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई,निर्देशक समाजका अध्यक्ष दिनेश डिसी,कलाकार संघका अध्यक्ष राम केसर बोगटी लगायतका चलचित्रकर्मीको सहभागीता थियो ।चलचित्र नया बर्षसगै बैशाख १० गते बाट प्रदर्शनमा आउने भएको छ ।पूर्ब मिस नेपाल माल्भीका सुब्बा को लगानीमा बनेको चलचित्र ‘हाउ फन्नी’लाई निलु डोल्मा शेर्पा ले निर्देशन गरेकी हुन् । कमेडी शैलीको जासुसीको कथा रहेको चलचित्रमा प्रियंका कार्की, दयाहाङ राई, केकी अधिकारी, अनुपविक्रम शाही, निशा अधिकारीको मुख्य भूमिका छ । चलचित्र “हाउ फन्नी” मा रेनशा वान्तवा राइको कोरियोग्राफी, हरी हुमागाँइको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*