Saturday , 21 July 2018
News update
Home >> bollywood >> आफ्नै पतिमाथी करिश्माको यस्तो आरोप

आफ्नै पतिमाथी करिश्माको यस्तो आरोप

karisma-sanjay-650_060114033506कुनै जामनाकी नम्बर वान बलिउड अभिनेत्री करिश्मा कपुर र उनका पति सञ्जय कपुरको डिभोर्सको हल्ला चलेको धेरै भयो । तर उनीहरु कानुनी रुपमा अझै छुटिएका छैनन । पछिल्लो समय भने यी दुवै डिभोर्सको लागि राजी भएको बताइएको थियो ।
तर हाल आएर करिश्मा सञ्जय माथि गम्भीर आरोप लगाएकी छिन । उनले सञ्जयले आफुलाई दाइजोको बिषयमा कयौपटक यातना दिएको दाबी गरेकी छिन । यसै आरोपमा उनले पति बिरुद्ध प्रहरीमा उजुरी दिएकी छिन । खार पुलिस स्टेशन मुम्बईमा दाइजो उत्पीडनको केश दर्ता गराएकी हुन । उनले आफुलाई मानसिक यातनासमेत दिने गरेको र दाइजोको बिषयले सधै कलह हुने गरेको बताएकी हुन ।
करिश्मा र सञ्जयको विवाह सन २००२ मा भएको थियो । उनीहरुको एक छोरीसमेत छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*