Thursday , 19 October 2017
News update
Home >> Article >> रेखा थापा लगायत अन्य ६ जना फिल्मकर्मीहरुलाई सरकारले सम्मान गर्ने

रेखा थापा लगायत अन्य ६ जना फिल्मकर्मीहरुलाई सरकारले सम्मान गर्ने

गणतन्त्र दिवसको अबसर पारेर सरकारले ६ जना फिल्मकर्मीहरुलाई सरकारी मानपदवी दिएर सम्मान गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवाश्री मानपदवी पाउँनेमा हिरोइन रेखा थापा,सिताराम कट्टेल ( धुर्मुस) , उनको श्रीमती कुञ्जना घिमिरे (सुन्तली ) , हास्य कलाकार वील्सन विक्रम राई र निर्देशक दयाराम दाहालको नाम छ । यस्तै सुप्रवल जनसेवा श्री तर्फ कुशल गीतकारको परिचय बनाएकी प्राज्ञ उन्नती बोहरा शिलाको नाम छ ।
rekha thapa
बिगत लामो समय देखिए नेपाली चलचित्रमा एक छत्र राज गरेकी नायिका रेखा थापाले पचीलो केहि समय देखि सामाजिक काममा पनि आफ्नो सहभागिता उतिनै बढाएकि छिन् । रेखा थापा फाउण्डेशन स्थापना गरेर रेखाले राउटे समुदाय,चेपांग अनि भूकम्प प्रभावित लगायत अन्यलाई निरन्तर सहयोग गरि रहेकी छिन् ।
dhurmus suntali
पछिल्लो केहि बर्ष हाँस्य व्याङ्ग्य टेलिश्रृङ्खला ‘मेरी बास्सै’ बाट दर्शकको मन जितेका ‘धुर्मुस र सुन्तली’को जोडी भूकम्प प्रभावितको बस्ती पुर्ननिर्माण गर्ने कार्यमा सक्रिय छ ।भुकम्पबाट प्रभावितहरुका लागि पहिलो नमुना बस्ती निर्माण गरेर पुन: दोस्रो बस्ती निर्माणमा लागेका ‘धुर्मुस र सुन्तली’ले पचीलो समय हाँस्य व्याङ्ग्य भन्दा पनि सामाजिक कामले अझै चर्चामा रहेका छन् ।
dayaram dahal
लामो समय देखि नेपाली चलचित्र क्षेत्रमा निर्देशकको रुपमा काम गरेका दयाराम दाहालले पनि यस पाली राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवाश्री मानपदवी पाउने भएका छन् । थुप्रै व्यापारिक हिट फिल्म दिएका दाहाल कुनै बेलाको हिट निर्देशकको रुपमा आफुलाई चलचित्र नगरीमा उभाएका थिए ।
wilasan bikram rai
हाँस्य कलाकार विल्सन विक्रम राई जसले छोटो समयमा नै आफुलाई चिनाउन सफल भए ।पछिल्लो समय राईलाई देश तथा विदेशका कार्यक्रमहरुमा उनको व्यापक माग हुने गर्दछ । वील्सन विक्रम राई समाज सेवामा खुलेर नदेखिए पनि प्रखर अभिनय क्षमताका कारण यो पदवी पाउँन लायक ठहर भएका हुन ।उनले निभाएको ‘तक्मे बुढा’ भूमिका दर्शकमाझ हिट छ ।
unnati bohara
यस्तै गीतकार उन्नती बोहरा शिलाको योगदानको खाता पल्टाएर हेर्ने हो भने उनले पनि नेपाली सांगितिक आकाशलाई धेरै राम्रा गीतहरु रचना गरेर दिएकी छिन् । उनको यसै काम लाई कदर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुप्रवल जनसेवा श्री पाउने भएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*