Thursday , 19 October 2017
News update
Home >> Article >> गोपिकृष्ण हलको दादागिरी कहिले सम्म ? दर्शकको माग अनुसार हल नदिदा ‘गाजलु’ निकालियो

गोपिकृष्ण हलको दादागिरी कहिले सम्म ? दर्शकको माग अनुसार हल नदिदा ‘गाजलु’ निकालियो

आज बाट प्रदर्शनमा आएको यस बर्षको चर्चित चलचित्र ‘गाजलु’ राजधानीको चावहिलस्थित गोपिकृष्ण हल बाट पहिलो दिनको बिहानी सो बाट नै उतारिएको छ।चलचित्र उतार्नुको कारण चलचित्र न चलेर भने हैन चलचित्र हेर्ने दर्शकको माग अनुसार हाल न दिदा उक्त हललाई अरु सोको लागि चलचित्र न दिएको निर्माता निर्माता रोहित अधिकारीले दिएको जानकारी दिनु भयो ।

gopi halचलचित्र ‘गाजलु’ लाई कृष्ण र ओम हल दिइएको थियो तर दर्शक भने ति हलमा न अट्ने भए पछि निर्माण युनिटले ठुलो हल गोपिमा चलचित्र चलाउन अनुरोध गर्दा सो हल न दिएर सयौ दर्शक फर्किएका थिए ।बिहानी शोमा गोपिकृष्ण हलमा चलचित्र कृष्ण र ओममा हाउफूल थियो तर दर्शक र्फकदा पनि ठूलो हल दिइएको थिएन ।गोपि हलमा ‘हाउसफूल ३’ लगाइएको छ र गाजलु युनिटले आफ्नो हलमा चलाउन अनुरोध गर्दा सो हल नदिनुको मुख्य कारण हाउसफूल ३’लाई गोपिकृष्ण मूभिजले आफै किनेर ल्याएको हो । गोपिकृष्णले आफूले किनेर ल्याएको ‘हाउसफूल ३’लाई दोश्रो हप्तामा पनि ठूलो हलबाट नहटाउने शैली अपनाएपछि निर्माता अधिकारीले यो डिसिजन गर्नुपरेको बताए ।निर्माता अधिकारीले ११ बजेको शोबाट ‘गाजलु’ नचलाउने निर्णय गरिएको बताए । उनले दर्शकलाई गोपिकृष्ण बाहेक अन्य पायक पर्ने हलमा गएर चलचित्र हेर्न आग्रह गरे ।

09062016083752Gajalu-1000x0यो त् भए चलचित्र गाजलुले गोपिकृष्णमा फिल्म न दिनुको कारण तर यस्तो लफडा भने गोपिकृष्ण यो भने पहिलो हैन ।केहि समय अघि चलचित्र कबड्डी चलाउदा पनि हलले यस्तै व्यवहार गरेकोले कबड्डी सो हलमा आफ्नो फिल्म नै हालेको थिएन।आफूले किनेर ल्याएको हिन्दि फिल्म हालेर पैसा कमाउन पल्किएको यस हलले अरुको चलचित्र कसरि हुन्छ न चलोश भन्नको लागि खाली रहेको हल समेत हाउसफूल भन्दै अरु नै फिल्मको टीकट दिने गरेको गुनाशो पटक पटक आउने गरेको छ ।
यस्तै कुरा हुने सम्भावना देखे पछि बिकाश आचार्यले पनि नाई न भन्नु ल ३ गोपिकृष्ण हलमा चलाएका थिएन् ।तेही बेला रिलिज भएको हबल्दार सुन्तली फिल्म टिवीमा प्रोमो बजाए बापत सबै पैसा आफुले पाउने हुदा नाई न भन्नु ल ३ सानो हल दिने हुदा तेती बेला पनि सो हलमा नाई न भन्नु ल ३ दिएको थिएन ।
नेपाल भित्रिने धेरै जसो हिन्दि चलचित्र गोपिकृष्णले नै नेपालको किनेर ल्याएको हुन्छ जसले गर्दा उसले सो फिल्म चलाउन अरु नेपाली चलचित्रलाई राम्रो हल न दिने अनि नेपाली फिल्मको टिकट माग्दा सो फिल्म हाउसफूल भएको भन्दै आफुले वितरण गरेको फिल्मको टिकट दिने गरेको नेपाली फिल्मका निर्माताले बताउदै आएका छन् ।गोपिकृष्णले नै संचालन गरेको टिवी फिल्मी बाट नेपाली चलचित्रको प्रोमो बजाए बापत लाखौ रुपिया लिने अनि जब नेपाली फिल्म चलाउने बेला आयो आफुलाई फिक्समा दिन बाध्य बनाउने अनि निर्माताले न मान्ने सानो हलमा फिल्म हालेर निर्माता मर्ने गरेको छ ।
यस अघि यस हलले नेपाली फिल्मका निर्मातालाई विभिन्न बहानामा मर्ने गरेको आज गाजलुले भने बरु हलमा चलचित्र न दिने यिनीहरु न झुक्ने निर्णय गरेको छ धेरै चलचित्रकर्मीले यो निर्णयलाई राम्रो भनेका छन् ।हिन्दि फिल्म नेपाल भित्राएर नेपाली फिल्मलाई सधै पेल्ने यस्ता हल बिरुद्द सबै चलचित्रकर्मी एक भएर लाग्ने हो भने भोलिका दिनमा यस हललाई नेपाली फिल्मलाई हेप्न सक्ने छैन ।

बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको चलचित्र ‘गाजलु’ लाई हेमराज वीसीले चलचित्र ‘गाजलु’निर्देशन गरेका हुन् ।चलचित्रमा अहिलेका स्टार नायक अनमोल केसी पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठ, सलोन बस्नेत, गौरव पहारी, मेनका प्रधान र ऋतिक शाही लगायतको कलाकारको मुख्य भूमिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*