Friday , 15 December 2017
News update
Home >> Article >> रिलिजको नवौं दिन ‘छक्का पञ्जा’ हेर्दा जे भोगियो

रिलिजको नवौं दिन ‘छक्का पञ्जा’ हेर्दा जे भोगियो

ज्ञानेन्द्र तामाङchhakka-panjuaफिल्म ‘छक्का पञ्जा’ रिलिज भएको शनिबार नवौ दिन् । म फिल्मसम्बन्धि खुलेरै चासो राख्ने भए तापनि बजारमा सुपरहिट भइसकेको छक्का पञ्जा हेर्न मौका जुरिरहेको थिएन । शनिबार बिहानै योजना बनाँए । साथीलाई अफर गरेँ : आज फिल्म हेर्न जाऊ ।
दुवैले स्वीकारे । १२ देखि ३ बजेको शो हेर्ने सल्लाह भयो, नारायणगढको इन्द्रदेव सिनेमामा । फिल्मको तडकभडक र पाइरहेको सफलता हेर्दा सहजै टिकट पाइएला जस्तो मलाई लागेन । त्यसैले फोन गरे, इन्द्रदेवका सिनियर स्टाफ हरि दाइलाई । ‘मलाई १२-३ को शोको ३ वटा टिकट चाहियो’ : मैले भने । दाईले ‘माथिको सबै बु भइसक्यो तलको बाँकि होला म राखिदिन्छु’ भन्नुभयो ।
म दंग खाँए, रिलिज भएको ९ दिन भइसक्यो, १२ बजेको शो हेर्न बिहानै फोन गर्दा नि सबै बुक भइसक्यो ?? नेपाली होस या हिन्दी फिल्म हेर्दा मैले भोगेको नयाँ कुरा थियो यो । तैपनि तल नै बसेर हेरौ न भन्ने सोच बनाँए । सबैको सहमति पनि भयो ।
योजना अनुसार पउने १२ तिर हुइकिएँ नारायणगढ, जाने बेलासम्म हामी २ जना भयौ । एक साथी अन्तै ब्यस्त बने, फोन पनि रिसिभ गरेनन् । मसँग महिला साथी थिइन् । उनलाई लिएर लगभग सवा १२ तिर ‘छक्का पञ्जा’ चलिरहेको इन्द्रदेव पुगेँ । बाहिर मानिस यति भीड थियो कि, अगाडि बढ्नै समस्या । काउन्टरमा पुग्न मुस्किल देखिपछि हरिदाईलाई फोन लगाँए । ‘दाइ मैले भनेको टिकट ?’ दाईले २ वटा टिकट राखिसक्नुभएको रहेछ । मैले हामी २ जनामात्रै भएका छौ भन्ने जानकारी दिइसकेको थिएँ ।
मलाई एकछिन हल परिसरमै हेर्न मन लाग्यो । त्यहाँ भीड लागेका सबै टिकट नपाएर बसेका रहेछन् । काउन्टरमा लाइन लाग्नेहरु ३ बजेको शो का लागि टिकट लिइरहेका रहेछन । १२ को शो मा टिकट नपाएका हरु अधिकांश रुष्ट देखिन्थे हलका कर्मचारीहरुसँग । कतिपय युवाहरु त अश्लील बोल्दै तथानाम गाली गर्दै मुख चलाइरहेका देखिए । हल्ला उस्तै, दर्शकहरुमा कौतुहलता उस्तै अनि टिकट नपाएकोमा आक्रोश पनि उस्तै ।
अहो, यस्तो दिन पनि आउदो रहेछ नेपाली फिल्मका लागि मनमनै सोंचे । अचानक पछाडिबाट कसैले धाम मारे । फर्कदा चिनेकै साथी परेछ । ‘लौन टिकट मिलाईदिनुपर्यो । उनले भीडमा चर्कदै भने ।’ म हास्नबाहेक अरु के गर्न सक्थे र । ‘मलाई त बल्ल तल्ल पाँए । अब तपाईलाई कसरी…….’ मेरो कुरा रोक्दै उनले भने : ‘तपाई पत्रकार होइ्न त्यति पनि सक्दैन साथीहरुको लागि ? फिल्म पत्रकार भएपछि त हल्का चल्नुपर्यो नि यार हलतिर नि ।’
भीड थियो, बोल्नुको औचित्य देखिन, हास्दै छड्किए । यो भीडमा आधा दर्जन त्यस्तौ परिचित भेटिए जसले पत्रकारले टिकट मिलाईदिनुपर्छ भन्दै धाप मारे । तर मैले त्यस्तो गर्न कसरी सक्थे, आफ्नो ब्यथा कसलाई थाहा ? आफै त कसैलाई बिहानैदेखि गुहारेर टिकट बुक गरेको छु ।
सयौ बाहिरै थिए, हामी भित्रै प्रवेश गर्यौ । फिल्म सुरु भयो, सबै हास्न थाले, मलाई फिल्मकै संवाद र दृश्यले हास्न बाध्य बनाएन जति हलको बाताबरणले हास्न बाध्य बनाउथ्यो । सबै हासिराकै छन आफु चै किन चुप भन्दै म पनि हासिदिएँ बेलाबेलामा । कतिखेर चै फिल्मको दृश्यले हासो फुटेको पत्तो पाइएन पनि ।
फिल्म सकियो, सबै प्रफुल्लित । आहा, फिल्म हेरेपछि दर्शकको मुहारमा हर्ष सायद पहिलोपटक देखे । केहिलाई सोधे फिल्म कस्तो लाग्यो ? साझा अनि रेडिमेड जवाफ  : ‘बब्बाल, राम्रो, दामी, वाह, वाह, यस्तो हुनुपर्छ नेपाली फिल्म ।’
अनि मैले पनि मनमनै भने हो साच्चै यस्तो हुनुपर्छ नेपाली फिल्म । दिपकराज गिरि, दिपाश्री निरौला लाई स्यालुट गरे मनमनै । फिल्मका सबै पात्रहरु परिचित थिए । सबैलाई दाहोर्याउदै सम्झिए । कति वजनदार अभिनय, कति सुन्दर प्रस्तुति अनि कति लोभ्याउने दृश्यहरु ।
यस्तै सोच्दै हलबाहिर निस्किए । भीड उस्तै ३ बजेको शोको टिकट २ घण्टा अघि नै सकियो रे । फेरी पहिलेकै अवस्था टिकट छैन, केहि चिनेकाले सताउन थाले । हतार हतार निस्किएँ गन्तव्यका लागि । फिल्म हेरेर निस्किदा पनि युद्ध जितेको अनुभव । हैट ।।
भीड थियो । निस्कने बेला टिकट मिलाउने हरि दाईलाई भेट्न पाइएन । भीडले धकेल्दै मलाई बाहिर पुर्याइसकेको थियो । हल सञ्चालक मुक्ति दाईलाई पनि हल प्रवेश गर्ने बेला हात मिलाउन बाहेक पछि देख्न पाइएन । सबैलाई मनमनै धन्यवाद दिदै, फर्किएँ । वाह क्या फिल्म छ छक्का पञ्जा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*