Friday , 15 December 2017
News update
Home >> Features >> प्रेम गर्नेकालागि उत्कृष्ट बन्यो चलचित्र ‘म यस्तो गीत गाउँछु’

प्रेम गर्नेकालागि उत्कृष्ट बन्यो चलचित्र ‘म यस्तो गीत गाउँछु’


नारायण ढुंगाना, चितवन, ३१ असार । फरक खालको प्रेम कहानी उनेर चलचित्र ‘म यस्तो गीत गाउँछु’ नेपाली फिल्मी नगरीमा उदाएको छ ।

प्रिमियरबाट नै चर्चा बटुलेको चलचित्र असार ३०को पहिलो दिन शुक्रबार दर्शकको राम्रै प्रशंसा पायो । चलचित्रमा प्रेमील मोड विल्कुली पृथक देख्न सकिन्छ ।

प्रेम जोडीका लागि यो फिल्म उत्कृष्ट सावित हुनसक्छ । नयाँ ईनिङले दर्शकलाई रोमाञ्चित बनाउँछ । युवायुवतीले मनमा बस्ने देखिएको फिल्म हेर्न हलमा युवा समुहकै भिड छ ।

दर्शकले सोचे अनुसारको प्रेम कहानी अघि बढ्दैन । अब यो सिन आउला भने लख काट्ने दर्शक फेल खान्छन् । प्रेममा अचानक नसोचेका घुम्ति देखापर्छ ।

पैसाको आडमा रहेका बाबु शिवराम पाण्डेको चरित्र पुरानै शैलीको भएपनि पल र छायाँ(पुजा) अनि राजाराम पौडेलको अभिनयमा दर्शक मोहित हुन्छन् ।

खान्दानी परिवारको दम्भले पाण्डे परिवार दुखित मात्रै भएन छोरीको होस् गुम्दा मर्मातह बन्न पुग्छ । अझै बाबुको चेत नखुल्दा छोरीले अनायासै गोली खानुपर्ने दुखद अबस्था आउँछ ।

छोराछोरीको भावना नबुझ्दा आईपर्ने समस्या चलचित्रले उजागर गरेको बताउने फिल्मी पत्रकार रवि अधिकारी अरु चलचित्रमा भन्दा विल्कुलै फरक प्रेम कहानी रहेको बताउँछन् ।

अन्य चलचित्रमा कुनै एउटा घटनामा ठोक्किएर प्रेम बस्छ । यसमा त्यस्तै छैन । चलचित्रले मायाँ पाउन विगत चाहिंदैन, बर्तमान भए पुग्छ भन्ने स्थापित गरिदिन्छ ।

पारिवारिक पृष्टभूमिमा तयार भएको उक्त चलचित्रका सबै गीतले दर्शकको मन तान्त । विचविचमा आउने कमेडीले दर्शकलाई मसला दिएर गम्भिर हुनबाट बचाउँछ । चाहिने ठाउँमा गीत छ । सुन्दर लोकेसनले चलचित्रमा सुगन्ध थपिदिएको छ ।

‘भन्छु आज मनका कुरा’को लोकेसनले नेपालमा पनि यस्तो सिन छ ? भनेर दर्शकलाई खुल्दुली गराउँछ । ‘आजकल किन तिम्रो मन मैलो भयो’ तथा टाईटल गीत ‘म यस्तो गीत गाउँछु’मा दर्शकले संगितको भरपुर मजा लिन्छन् ।

चितवनको ईन्द्रदेव हलमा चलचित्र हेरेपछि अनन्त अधिकारीले परिवारिक पृष्ठभूमिमा फिल्म रुमल्लिएपनि सस्पेन्स प्रेम कहानी र नपाँ पन दिएकोमा प्रशंसा गरे ।

युगल जोडीलाई चलचित्रले मन तान्छ । कतै भावुक पनि बनाउँछ । पहिलो भाग भन्दा दोस्रो भागमा कौतुहलता देखाउँछ । दर्शकले सोचे भन्दा फरक रुपमा मोडिन्छ ।

खान्दानी परिवारको छोरी हुन्छे छाँया । आमा गुमेको टुहुरो पल गुण्डाहरुको संगतमा हुन्छ । साथीहरुवीच पैसाको ठगेको आरोपलाग्दा पल आफ्नै कोठामापनि बाहिरबाट ताला लगाएर झ्यालबाट आउजाउ गर्न बाध्यहुन्छ ।

यता खान्दानी बाबुले छायाँलाई धनाढ्य केटा विकेनसँग विहे गराउन खोज्छ । विकेनको व्यवहारले छायाँ टाढिन्छे । बाबुको ईच्छा विपरित भएपछि छायाँ घर छाड्न बाध्य हुन्छे । पलसँग छायाँको भेट हुन्छ ।
विचमा आउने विभिन्न घटनाक्रम र छायाँको विमार लगायत कारण उनीहरुको मायाँ बस्छ । एकदिन पल खानेकुरा किन्न जाँदा छायाँलाई परिवारले भेट्छन् । एकै छिनमा पल आएपछि फेरी आउने बाचा गर्दै छायाँ परिवारसँग लाग्छे ।

बाटोमा बुबाले अब विकेसनसँग विहे गर्ने अन्तिम निर्णय सुनाएपछि छायाँ फेरी आक्रोसित हुन्छे । गाडी नरोकेपछि आफैं उठेर गाडीको ह्याण्ड ब्रेक लगाउँदा दुर्घटना हुन्छ । अस्पतालमा छायाँ होसमा आउँदा उसले पुराना कुरा विर्सिन्छे ।

त्यसपछि सातदिनको समयमा मागेर पलले पुराना कुरा स्मरण गराउन खोज्दा असफल हुन्छ । पलसँग विगतमा भएका कुराहरु भन्न छायाँले जिद्धीगरेपछि आमाले रुपा रानाले सबैकुरा बताउँछिन् ।

त्यसपछि पललाई भेट्न पुग्छे । पलले आफ्नो गाउँ लगेर विगतकै शैलीमा चेत फर्काउने प्रयास गर्छ । विगतका तस्बिर देखाउँछ । छायाँको आफ्नै घर बनाएर बस्ने योजना अनुसार पलले गाउँमा घर समेत बनाउँछ । हरप्रयास गर्दापनि चेत नफर्किएपछि छायाँलाई उसकै घर ल्याउँछ ।

गेटमा छिर्ने क्रममा चारैतीरबाट पेस्तोल सहितका प्रहरीले उनीहरुलाई घेरा हाल्छन् । हजुरबुबाले गाउँबाट पठाईदिएको आमाको नासो सुनको बाला पलले छायाँलाई दिन खोज्दा पेस्तोल निकालेको सम्झेर प्रहरीले पललाई गोली चलाउँदा पुजालाई लाग्छ ।

अस्पतालमा छायाँको दोस्रो उपचार सफल भएपनि स्मरण शक्ति अझै फर्कदैन । उनलाई भेट्न अस्पताल शैयामा पुगेर फर्कन लाग्दा पुजाले च्याप्प हात समाउँछे । अनि उसले भन्छे पुराना कुरा नसम्झेर के भो तिमीसँग विताएका सातदिन मेरो लागि जुनी जुनीलाई । यसरी चलचित्रको कथा समाप्त हुन्छ ।

समग्रमा सच्चा प्रेम नै प्रेमको । कसैको दवाबमा मायाँ बस्दैन भन्ने सार चलचित्रको छ । आफ्ना छोरा छोरीलाई उसको चाहना अनुसार चल्न दिनुपर्छ । उसका चाहना मार्नु हुँदैन भन्ने देखाउन खोजिएको छ । प्रेम गर्न विगत चाहिंदैन बर्तमान काफी छ भन्ने सावित गर्न खोजिएको छ ।

अनावश्यक रुपमा सोभित बस्नेतको बोकाको फतफताई कमेडी दिन खोजिएपनि अमिल्दो हुँदा दर्शकले रुचाउँदैनन् । शिव पाण्डे बनेका सरोज खनालको दम्भ अलिबढी देखिन्छ । गुण्डा देखाउन खोजिएपनि भूमिका छैन । दुबैलाई एउटै हतकडी लगाएको सिन र विरामी, महिनावारीसँग जोडएका केही दृष्य अनावश्यक लाग्छन् । परिवारमा रुमल्लिएको देखिन्छ । रुपा रानालाई मुर्तिको रुपमा मात्रै उभ्याईएको महसुस हुन्छ ।

सुदर्शन थापाले निर्देशन गरेको उक्त चलचित्र स्वयं थापा र नायिका पुजा शर्माले निर्माण गरेका हुन् ।
उक्त फिल्ममा सरोज खनाल सहित रुपा राना, मोहन निरौला, राजाराम पौडेल, शिशिर राना, सोभित बसनेतको अभिनय छ । मुख्य अभिनय भने पुजा र पलको छ ।

काठमाडौ, पोखरा तथा माथिल्लो मुस्ताङमा छायाँकन गरिएको चलचित्रका दृष्यहरु राम्रा छन् । नायिका तथा निर्मात्री पुजा शर्माले भने जस्तै चलचित्रमा लभ स्टोरीको मिक्स मसला छ । दर्शकलाई चलचित्रले पछिल्लो भागमा जस्तो पहिलो भागमा बाँध्न सकेको छैन । जे भएपनि चलचित्र प्रेम कथाको उत्कृष्ट मध्यमा पर्छ ।

यो पनि

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*