Thursday , 19 October 2017
News update
Home >> bollywood >> अक्षय कुमारको ट्वाईलेटले कमायो सय करोड

अक्षय कुमारको ट्वाईलेटले कमायो सय करोड

बलीउड स्टार अक्षय कुमारको अभिनय रहेको चलचित्र ‘ट्वाईलेट : एक प्रेम कथा’ले प्रदर्शनमा आएको आठौ दिनमा आएर सय करोडको सम्म विजनेश गरेको छ ।चलचित्रले शुक्रबार सम्म सानदार कमाई गर्दै १००.०५ करोडको ब्यबसाय गरको छ ।

प्रदर्शनको पहिलो दिन १३.१०, दोस्रो दिन १७.१०, तेस्रो दिन २१.२५, चौँथो दिन १२, पाँचौँ दिन २० करोड,छैटौ दिन ६.५० करोड ,सातौ दिन ६.१० करोड र आठौ दिन ४ करोड गरेर १००.०५ कमाई गरेको ट्रेड एनालिस्ट तरण आदर्श जानकारी दिएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको स्वच्छ भारत अभियानमा केन्दित रहेर निर्माण गरिएको ट्वाईलेटले राम्रो प्रतिक्रिया बटुलेको छ । चलचित्रमा अक्षय कुमार, भूमि पेडनेकर, अनुपम खेर, सना खान लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।‘ट्वाईलेट : एक प्रेम कथा’लाई नारायण सिंहले निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*