Friday , 15 December 2017
News update
Home >> Features >> तिन दिन सार्वजनिक बिदा थपिदा ‘ए मेरो हजुर २’ लाई फाईदै फाईदा

तिन दिन सार्वजनिक बिदा थपिदा ‘ए मेरो हजुर २’ लाई फाईदै फाईदा

भोलि शुक्रबार देखि प्रदर्शनमा आउने चलचित्र ‘ए मेरो हजुर २’ लाई फाईदा हुने भएको छ ।सोलो रिलिज र धेरै हल पाएको ‘ए मेरो हजुर २’ लाई सार्वजनिक बिदाहरुले चिठ्ठा नै परेको छ ।

१८ गते आइबार इस्लाम धर्मालम्वीको पर्ब वकर इदको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेपछि चलचित्रलाई फाईदा पुग्ने छ किन भने ठुला चलचित्र रिलिज हुदा सार्वजनिक बिदाको दिन हलमा चलचित्र हेर्ने दर्शकको भिड ठुलै लाग्ने गर्छ ।

भदौ २० गते ईन्द्र जात्रा र २२ गते निजामती कर्मचारी दिवस परेकोले यी दिन पनि सरकारले सार्वजनिक बिदा दिने चलचित्रलाई चिठ्ठा नै परेको छ । यसरि सनिबार समेत जोड्दा एक पप्तामा चार दिन सार्वजनिक बिदा परेकोले चलचित्र ए मेरो हजुर २ लाई ठुलै चिठ्ठा परेको भन्दा फरक नपर्ने देखिन्छ।

चलचित्र हेरेर निस्किको दर्शकले चलचित्रको बारेमा राम्रो प्रतिक्रिया आएमा यस चलचित्रले छक्का पन्जा रेकर्डलाई न तोड्ला भन्न सकिंदैन किन भने चलचित्र ए मेरो हजुर २लाई बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ। चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अम्बर सुवेदी, अम्बर पौडेल, अनुभव रेग्मी, विल्सनविक्रम राई, बुद्दी तामाङ लगायतको अभिनय रहेको छ।

चलचित्र ‘ए मेरो हजुर २’सुहाना इन्टरटेनमेन्टको व्यानरमा यो सिनेमालाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।नायिका झरना थापाले चलचित्रलाई निर्देशन गर्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*