Thursday , 19 October 2017
News update
Home >> Features >> फ्राइडे रिलिज : बहुप्रतिक्षित ‘ए मेरो हजुर २’

फ्राइडे रिलिज : बहुप्रतिक्षित ‘ए मेरो हजुर २’

फ्राइडे रिलिजअन्तर्गत यो शुक्रबार नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर २’ रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर २’ को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘ए मेरो हजुर २’


फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार बाट देशका सिनेमा घर बाट बहुप्रतिक्षित चलचित्र ‘ए मेरो हजुर २’ प्रदर्शनमा आएको छ ।यस चलचित्रलाई नायिका झरना थापाले पहिलो पटक निर्देशन गर्नु भएको हो ।

चलचित्रमा साम्राज्ञी र सलिन सगै सलोन बस्नेत ,अनुभव रेग्मी, बुद्धि तामाङ र अनुरागमान सिंह कुँवर ,वील्सन विक्रम राईलगायतको अभिनय रहेको छ ।

स्व : शिव रेग्मीले निर्देशन गरेको सुपरहिट चलचित्र ‘ए मेरो हजुर’ मा स्व :श्री कृष्ण श्रेष्ठ को र झरनाको नै मुख्य अभिनय रहेको ‘ए मेरो हजुर’ लाई अर्को भागमा यूवापुस्ताको कथामा निर्माण गरिएको हो ।

सञ्जय लामाको छायाँकन रहेको फिल्ममा कविराज गहतराज र रेनशा वान्तवा राईको कोरियोग्राफी रहेको छ ।एस के थापा प्रोडक्सनको ब्यानरमा बनेको यो फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।हिजो गरिएको प्रिमियर बाट सबै तारिफ बटुलेको ‘ए मेरो हजुर’को गीत संगीतले निकै चर्चा कमाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*