Thursday , 19 October 2017
News update
Home >> Features >> चलचित्र ‘मंगलम’को प्रदर्शन मिति तय, यस्तो छ फष्टलुक

चलचित्र ‘मंगलम’को प्रदर्शन मिति तय, यस्तो छ फष्टलुक

नेपाली चलचित्र उद्योगमा बाघ निर्माताको रुपमा चिनिने चलचित्र निर्माता छवीराज ओझाले पछिल्लो पटक निर्माण गरेको चलचित्र ‘मंगलम’को प्रदर्शनको मिति तय गरिएको छ । चलचित्रको आज फष्टलुक पोष्टर समेत सार्वजनिक गरिएको छ ।

चलचित्र मंगलम अब आगामी असोर ११ गते प्रदर्शनमा आउने जनाईएको छ । चलचित्रलाई काठमाडौमा गोपालकाजी कायस्थले वितरण गर्नै भएका छन् भने मोफसलमा एफडी कम्पनीले वितरण गर्ने छ ।

केही समय अघि दशैंको अबसरमा असोज ११ गते चलचित्र प्रदर्शन गर्ने भनिएतापनि चलचित्र प्रदर्शनमा आउने नआउने अन्यौल थियो । तर आज चलचित्र निर्माता ओझाले चलचित्र असोज ११ गते नै प्रदर्शनमा ल्याउने भनेर प्रचार प्रसार शुरु गरेका छन् ।

चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् । चलचित्र मंगलम मा शिल्पा पोखरेल, पृथ्वी राज प्रसाई र पुष्पल खड्काको मुख्य अभिनय रहेको छ । चलचित्रमा ड्रिम्स र एमेरो हजुर २ बाट चर्चाको शिखरमा पुग्न सफल नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको समेत अभिनय छ ।

यसै चलचित्रमार्फत नायिका शिल्पा पोखरेल निर्मात्रीको रुपमा समेत देखा पर्दैछिन् । केही समय अघि छवीराज ओझा र नायिका पोखरेल बीच विहे भैसकेको समेत चर्चा नेपाली सिने उद्योगमा चलेको थियो ।
चलचित्रलाई विष्णु घिमिरेले छायाँकन दिपक शर्माले संगित, कविराज गहतराजले नृत्व निर्देशन र मित्रदेव गुरुङले सम्पादन गरेका हुन् । गोविन्द फुँयालको कथा रहेको मंगलमम्मा दिजेन्द्र शाक्या, साकार ओझा, र ओम गुरुङको समेत लगानी रहेको छ ।

यही समयमा नेपाली चलचित्र उद्योगको सबैभन्दा बढी सफल चलचित्र छक्कापञ्जाको सिक्वेल छक्कापञ्जा २ पनि प्रदर्शनमा आउँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*