Friday , 15 December 2017
News update
Home >> Features >> रेखा र आर्यनको अभिनय रहेको ‘रुद्रप्रिया’को ट्रेलर सार्वजनिक (भिडियो)

रेखा र आर्यनको अभिनय रहेको ‘रुद्रप्रिया’को ट्रेलर सार्वजनिक (भिडियो)

नायिका रेखा थापा र आर्यन सिग्देलको अभिनय रहेको चलचित्र ‘रुद्रप्रिया’को ट्रेलर सार्वजनिक भएको छ । कात्तिक २ गतेलाई प्रदर्शनमा आउन लागेको ‘रुद्रप्रिया’को ट्रेलरमा प्रेम, रोमान्स र द्धन्द्ध देख्न सकिन्छ ।

सुदिप भूपाल सिंहको निर्देशनमा तयार भएको यो चलचित्रलाइ रमेश पौडेल र सरस्वती थापाले निर्माण गरेका हुन् । रेखा फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा रेखा थापा, आर्यन सिग्देल, टिका पहारी, राजन इशान,विश्व बस्नेतको मुख्य भूमिका छ । ८ वर्षपछि आर्यन र रेखाले यस चलचित्र मार्फत पुन स्क्रिन शेयर गरेका हुन् ।

चलचित्रमा राजनराज सिवाकोटी, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत छ । चलचित्रलाई सञ्जय लामाले छायांकन गरेका हुन् । रेखा थापा प्रस्तुकर्ता रहेको फिल्म ‘रुद्रप्रिया’लाई रेखाकी आमा सरस्वती थापाले निर्माण गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*