Friday , 15 December 2017
News update
Home >> Features >> सुभाष गहतराजको ‘सुनन’गीतको भिडियो सार्वजनिक

सुभाष गहतराजको ‘सुनन’गीतको भिडियो सार्वजनिक

हेटौडाका गायक सुभाष गहतराजको दोस्रो एल्बम सुभाष भित्रको सुनन भन्ने गीतको भिडियो सार्वजानिक भएको छ । सुभाषको आवाज रहेको गीतलाई तुलाराम थापाले लेखेका हुन् भने सुभाष र तुलाराम संयुक्त संगीत रहेको छ ।गीतमा रमेश अधिकारी र अनिषा सिहंले फिचरिङ गरेका छन्, ।

हेटौडा र काठमाडौंमा छायांकन गरिएको भिडियोलाई सुभाषले नै निर्देशन गरेका छन्, । भिडियोलाई सुरेन्द्र दाहालले सम्पादन गरेका छन्, । सङ्गस नेपालले भिडियो गीतलाई बजारमा ल्याएको छ ।

२ दशकदेखि कला र संगीत क्षेत्रमा लागेका सुभाषको यस अघि जुनी एल्बम बजारमा ल्याइसकेको छन्, । हेटौडामा जन्मिएका सुभाषले १९ बर्ष अघि देखि मकवानपुरको नृत्य क्षेत्रलाई अगाडि बढाउन हेटौडा नाचघर संचालन गरिरहेका छन्, । उनले पर्खाइ नामक टेलिफिल्म समेत निर्माण गरेका छन्, ।

स्थानिय देखि राष्ट्रियस्तर सम्मका विभिन्न कार्यक्रम गरिसकेका छन्, । कला र गला सँग नजिक रहेका सुभाषले एक दर्जन म्युजिक भिडियो निर्देशन गरिसकेका छन्, । उनले ठुलो पर्दाको चलचित्र पुलती निर्माण गरेका छन्, । छिट्टै नै इमेज टेलिभिजनबाट टेलिचलचित्र भागाभाग प्रशारणमा आउने सुभाषले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*