Thursday , 19 October 2017
News update
Home >> kollywood >> चलचित्र ‘ऐश्वर्य’को ट्रेलर सार्वजनिक

चलचित्र ‘ऐश्वर्य’को ट्रेलर सार्वजनिक

चलचित्र ‘ऐश्वर्य’ को ट्रेलर आज राजधानीमा सार्वजनिक गरिएको छ । चर्चित गीत तिमी रोएको पल सँगै चर्चामा आएको
चलचित्र ‘ऐश्वर्य’को ट्रेलर घटस्थापनाको दिन पारेर आज सार्वजनिक गरिएको हो । उक्त ट्रेलरमा प्रेमका लागि आकर्षक द्धन्द्ध देखाईएको छ । नव नायिका दीपिका प्रसाईलाई पाउन रमेश उप्रेती र प्रशान्त ताम्राकार प्रयासरत देखिन्छन् ।
कात्तिक २ गते रिलिज गर्नै भनिएपनि रोकिएर कात्तिक ९ गते उत्तः फिल्म प्रदर्शनको मिति तय गरिएको छ । दिवाकर भट्टराईको निर्देशन रहेको फिल्मबारे रमेश उप्रेतीले भने, ट्रेलरबाट नै फिल्मको विषयवस्तुलाई केहि दर्शकले बुझ्नु हुन्छ । उनले कलाकारको रुपमा लामो समय बिताएतापनि निर्माताको रुपमा म डेब्यु गर्न जागेकोमा खुसी व्यक्त गरे । निर्माताको रुपमा प्रमाणित गर्न पनि ‘ऐश्वर्य’ चल्न आवश्यक छ भन्दै उनले यो फिल्मको कथा विल्कुलै फरक र हाम्रो टिमले प्रस्तुतिकरणमा केहि फरक गर्ने प्रयास गरेको
उनले बताए ।
सुदीप बरालले खिचेको यो फिल्ममा रमेश, प्रशान्त र दीपिकाको अलावा केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठ, केशव भट्टराई, विकास खतिवडा लगायतका कलाकारहरुको अभिनय छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्मको अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता हुन् । यो फिल्मको कथा निर्देशक भट्टराई आफैले लेखेका हुन् ।
यस्तो छ ट्रेलर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*