Friday , 15 December 2017
News update
Home >> Features >> राप्रपा बाट सांसद बन्ने नदेखे पछि एमाले प्रवेश गरिन कोमल वली

राप्रपा बाट सांसद बन्ने नदेखे पछि एमाले प्रवेश गरिन कोमल वली

केहि समय अघि राप्रपा प्रवेश गरेकी गायिका कोमल ओलीले पुन अर्को पाटी प्रवेश गरेकी छन् ।सोमबार दाङको घोराहीमा एमाले उपाध्यक्ष बामदेव गौतमको हात बाट टिका लगाउदै उनि एमालेमा प्रवेश गरेकी छन् ।

कोमल ओली एमाले उपाध्यक्ष गौतम र स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमालेमा प्रवेश गराएका हुन् । पाटी प्रवेश कार्यक्रममा गायीका कोमलओलीले अब एमाले छाडेर कतै नजाने बताइन् । उनले घात र अन्तर्घात नगर्न एमाले नेताहरुलाई सुझावसमेत दिइन् ।

राप्रपा विभाजन हुँदा केन्द्रीय सदस्य तथा नायिका रेखा थापा राप्रपा प्रजातान्त्रिकतिर लागेपछि कोमल भने कमल थापा नेतृत्वको राप्रपामै थिइन्। पार्टी विभाजन गरेर नेता पशुपतिशम्शेर राणाले ठूलो गल्ती गरेको र पछि पछुताउने बताएकी वलीले अन्नतः कमल थापाको साथ छोडेर एमालेमा प्रवेश गर्न लागेकी हुन्।

कोमल वली रेडियो नेपालको स्थायी जागीर छाडेर राप्रपामा प्रवेश गरेकी थिइन् ।राप्रपाको केन्दिय चुनाबमा भरि मतका साथ उनि केन्दिय सदस्यमा विजय भएकी थिन ।तर राप्रपा बिभाजन भएपछि निराश बनेकी उनी एमाले प्रवेश गरेकी हुन् । उनले आफूलाई एमाले प्रवेश गरेपछि अध्यक्ष ओली र बरिष्ठ नेता नेपालले दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि टिकट दिने प्रतिबद्धता समेत जनाएको बताइन्। तर, त्यही टिकटकै लागि आफू एमाले जान नलागेको बताइन्।

वलीलाई एमालेमा भित्र्याउन नेता पोख्रेलले पनि पटक पटक भेटेर फकाएका थिए। वली दाङ क्षेत्र नम्बर ३ की स्थानीय भएकाले पनि उनलाई भित्र्याउँदा एमालेलाई प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा ठूलो फाइदा पुग्ने एमालेको निष्कर्ष छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*