Thursday , 19 October 2017
News update
Home >> music & more >> दुबै हात गुमाएका टिका बम्जनको ‘फूल बारीमा’को भिडियो सार्वजनिक

दुबै हात गुमाएका टिका बम्जनको ‘फूल बारीमा’को भिडियो सार्वजनिक

द्वन्दकालमा दुबै हात गुमाएका गायक तथा संगीतकार टिका बम्जनको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘फूल बारीमा’ बोलको गीतमा गायक तथा संगीतकार बम्जनले आफ्नै गीत, शब्द तथा संगीतमा जिनियस म्युजिकमार्फत ‘फूल बारीमा’ बोलको गीतको म्युजिक भिडियो यूट्युबमार्फत सार्वजनिक गरेका हुन् ।

करिव ६०० भन्दा बढी गीतमा संगीत दिइसकेका बम्जनले विसं २०५९ मा द्वन्दकालमा दुबै हात गुमाएपछि मुखकै सहाराले गीत लेखन र संगीत कम्पोज्डलाई अगाडी बढाएका छन् ।

उनले भारतीय संस्था ‘यूनिक वर्ल्ड रेर्कड, मिराकल वर्ल्ड रेर्कड र एभरेष्ट वर्ल्ड रेर्कड’बाट संगीत क्षेत्रमा तीनओटा विश्व कीर्तिमानसमेत राखिसकेको बताए । यसअघि उनले चलचित्र ‘२ रुपैयाँ’को आइटम गीत र चर्चीत ‘भिमफेदी गाइज’ समुहको गीतमा समेत संगीत दिइसकेका छन् ।म्युजिक भिडियो यूट्युबमा तिन लाख भन्दा बढीदर्शकले हेरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*