Friday , 15 December 2017
News update
Home >> Features >> रेखा र आर्यनको ‘रुद्रप्रिया’चर्चामा ,स्क्रिप्ट सुन्ने बितिकै राजि भए रेखा (भिडियो )

रेखा र आर्यनको ‘रुद्रप्रिया’चर्चामा ,स्क्रिप्ट सुन्ने बितिकै राजि भए रेखा (भिडियो )

रेखाले ‘रुद्रप्रिया’को स्क्रिप्ट  सुन्ने बितिकै सिनेमा निर्माणको लागि राजि भएकी थिइन् । ‘म ‘रुद्रप्रिया’को कथामा यति धेरै लठ्ठिए की मैले आफ्नो अर्को सिनेमाको निर्माणलाई पछाडी सारेर निर्देशक सुदीपबबी भुसाल सिंहसँग यो सिनेमा गर्न राजी भएको रेखाले पत्रकार भेटघाटमा बताएकी छिन् ।रेखा भन्छिन ‘कथाबस्तु र मेरो भूमिकाका कारण यो सिनेमालाई डेब्यु जस्तै मानेकी छु । ‘हिरो’ रिलिज हुँदा मेरो अभिनय वा मलाई कसरी लिनुहोला भन्ने थियो।’

आर्यनले भने रेखासँग कुरा गर्ने भन्ने वित्तिकै फोन काटिदिएका थिए । रेखाले भनिन्-‘तर, चलचित्रका निर्माता एमके पौडेलले आर्यनलाइ कन्भिन्स गराएपछि यो संभव भएको हो ।’ नायक आर्यन सिग्देलले पनि नायिका रेखा थापासँग आफ्नो सम्बन्ध कहिल्यै नराम्रो नभएको बताए । उनले एउटा राम्रो टिम अगाडि आएपछि काम गर्न मन लाग्ने सुनाए । चलचित्रको बक्स अफिस कारोबारले आफूलाइ कुनै पनि किसिमको फरक नपार्ने भन्दै आर्यनले दर्शकले चलचित्र हेर्दा आफ्नो कामलाइ रुचाएको खण्डमा पुग्ने बताए ।

निर्देशक सुदिपले ‘रुद्रप्रिया’मा रेखा र आर्यनको जोडीलाइ कलात्मक तरिकाले प्रस्तुत गरेको सुनाए । कात्तिक २ गतेबाट रिलिज हुने यो चलचित्रले महिला हिंसाको विरुद्धमा आवाज उठाएको छ ।

गीत संगीत र ट्रेलरले चर्चा कमाएको चलचित्र ‘रुद्रप्रिया’मा राजनराज सिवाकोटी, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत छ । चलचित्रलाई सञ्जय लामाले छायांकन गरेका हुन् । रेखा थापा प्रस्तुकर्ता रहेको फिल्म ‘रुद्रप्रिया’लाई रेखाकी आमा सरस्वती थापाले निर्माण गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*