Thursday , 19 October 2017
News update
Home >> Features >> ‘छक्का पञ्जा २’ले १३ दिनमा चितवनमा कमायो १ करोड ३० लाख (भिडियो )

‘छक्का पञ्जा २’ले १३ दिनमा चितवनमा कमायो १ करोड ३० लाख (भिडियो )

असोज ११गते बाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा २’ ले नेपाली बक्स अफिसमा १३ दिनमा ११ करोड बढीको व्यापार गरेको छ ।लगातार ९ दिनसम्म दशैं विदाले चलचित्रको ब्यापारमा निकै ठुलो साथ दियो ।

प्रदर्शनमा आएको पहिलो दिनमा १ करोड ६३ लाखको कलेक्सन गरेर एक दिनमा नेपालमा कुनै पनि भाषाको चलचित्रको सर्वाधिक एक दिने कमाई गर्ने फिल्ममा आफ्नो नाम लेखाऊना सफल छ यस चलचित्रले कोहिनुरको १० करोडको कलेक्सनलाई उछिन्दै आफ्नै चलचित्र छक्का पञ्जाको रेकडको नजिक पुग्न थालेको छ ।छक्का पञ्जाले कमाएको १६ करोडको नजिक पुदै चलचित्र ‘छक्का पञ्जा २’ ले ११ करोड माथिको व्यापार गरि सकेको छ ।

पछिल्लो समय नेपाली चलचित्रको निकै ठुलो बजारको रुपमा देखा परेको चितवनमा चलचित्र ‘छक्का पञ्जा २’करोड माथिको व्यापार गरेको छ ।राजधानीमा भन्दा राजधानी बाहिर उच्च कलेक्सन रहेको ‘छक्का पञ्जा २’ले चितवनमा मात्रै १३ दिनमा १ करोड तिस लाख माथिको व्यापार गरेको छ ।

चितवनको ५ वटा सिनेमा घरमा प्रदर्शनमा आएको ‘छक्का पञ्जा २’ले सबै भन्दा बढी इन्द्रदेव सिनेमा कलेक्सन गरेको छ ।इन्द्रदेवमा १३ दिनमा चलचित्रले ५८ लाख माथिको कलेक्सन गरेको छ ।त्यस्तै चितवनमा रहेको एक मात्र मल्टिप्लेक्सक क्युएफएक्स जलमामा १३ दिनमा ५७ लाख ५० हजारको कलेक्सन गरेको छ ।

त्यस्तै चितवनको गणेश चलचित्र मन्दिर,जनज्योति हल पर्सा र नारायणी हल टाँडीमा करिब ५l५ लाखको कलेक्सन गरेको छ ।१३दिनमा नै चितवनमा मात्रै १ करोड तिस लाख माथिको व्यापार गरेको छ ।आज १३ तिनमा पनि चितवनमा चलचित्र हेर्ने दर्शकको कुनै कमि आएको छैन ।सार्वजनिक बिदा सकिद पनि चितवनमा अहिले पनि हरेक दिन ५ लाख माथिको व्यापार भै रहेको छ ।छक्का पञ्जाले चितवन मात्रै करिद्ब २ करोडको हाराहारीमा व्यापार गरेको थियो भने ‘छक्का पन्जा २’ पनि तिहारको बिदा सम्म चलेमा त्यति व्यापार हुने अनुमान गरिएको छ ।

‘छक्का पञ्जा २’लाई पनि दिपाश्री निरौलाले निर्देशन गर्नु भएको हो ।चलचित्र ‘छक्का पन्जा २’मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल,स्वस्तिमा खड्का , स्वरूप पुरुष ढकाल शिवहरी पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, सरोज खनाल लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*