Friday , 15 December 2017
News update
Home >> Features >> चलचित्र संघले निर्णय बिरुद्द रेखा थापा भन्छिन मेरो सम्पति टुडिखेलमा पनि देखाउन सक्छु

चलचित्र संघले निर्णय बिरुद्द रेखा थापा भन्छिन मेरो सम्पति टुडिखेलमा पनि देखाउन सक्छु

केहि समय यता नेपाली चलचित्र फिल्म हल र डिस होम टिभी च्यानलबाट एकसाथ प्रदर्शन हुन थालेका छन् ।सोमबार चलचित्र संघको कार्यालय विशालनगरमा बसेको बैठक यसरि एक्कै पटक सिनेमा हलमा र डिस होम टिभीमा चलचित्र रिलिज गर्न नपाइने निर्णय गरेको छ ।

चलचित्र संघको अध्यक्ष प्रदीप कुमार उदयको अध्यक्षतामा बसेको बैठकले यस्ती निर्णय गरेको हो ।हलमा फिल्म लागेको कम्तीमा तीन हप्ता पछि मात्रै डिस होममा रिलिज गर्न पाउने छन् ।

पछिल्लो समय फिल्म ‘धुम २’ र ‘मेरो पैसा खै’ हल र डिस होममा एकसाथ रिलिज भएका थिए । यस्तै फिल्म ‘रुद्रप्रिया’ कात्तिक २ गते हल र डिसहोममा एकसाथ रिलिज हुँदैछ ।

यता नायिका तथा निर्मात्री रेखा थापाले भने आफुले चलचित्र ‘रुद्रप्रिया’डिस होममा रिलिजको लागि सबै तयारी पुरा गरेको हुन्छ चलचित्र डिस होममा सगै रिलिज हुने जानकारी दिएकी छिन् ।हामी सगको कुराकानीमा नायिका रेखाले आफ्नो सम्पति हो टुडिखेल देखाउना पनि पाउछौ जसरी हुन्छ आम दर्शकले ‘रुद्रप्रिया’हेर्न पाउनु पर्छ।हल भएको ठाउमा हल चलचित्र हेरछन् हल नभएका ठाउका दर्शकलाई पनि फिल्म हेर्न पाउनु पर्छ त्यसैले हाम्ले चलचित्र डिस होममा एकसाथ रिलिज गर्न लागेका बताउनु भयो ।यसरी निर्णय गर्दा दर्शक प्रति अन्य हुने भन्दै दर्शकले जहाँ बाट हुन्छ फिल्म हेर्न पाउनु पर्छ ।

डिस होममा आफ्नो चलचित्रलाई केही हद सम्म सुरक्षित गरेको भन्दा यति हल वालाले हाम्रो चलचित्रलाई सुरक्षित गर्ने ग्यारन्टी गर्छ भने म हलमा मात्रै चलचित्र चलाउन तयार छु ।यहाँ कसरि हुन्छ निर्माता मर्ने मात्रै काम भएको भन्दा रेखाले अरु देशमा फिल्म निर्माताको प्रतिशत बादी हुने तर नेपालमा हरेक हप्ता चलचित्रको शेर काम गर्दै गरेर निर्माता मर्ने काम भएको हुँदा निर्माताले चलचित्र लगानी सुरक्षित गर्ने विकल्प खोजेको बताउनु भयो ।

चलचित्र संघले एक्कै पटक सिनेमा हलमा र डिस होम टिभीमा चलचित्र रिलिज गर्न नपाइने निर्णय गरे पनि निर्णयको संघले कसरि अघि बढौछ भन्ने कुरामा भर पर्छ । चलचित्र निर्माताहरुले जहाँ बाट हुन्छ आफ्नो चलचित्रको लगानी उठ्नु परो भनेर चलचित्र रिलिज गर्ने नया नया तरिका खोजि रहदा करोडौ लगानी गरेका हललाई भने निश्चित रुपमा घाटा लाग्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*