Friday , 15 December 2017
News update
Home >> Features >> ‘छक्का पञ्जा २’सुपर हिट पछि दिपकराज गिरीले गरे “छक्का पन्जा ३ “निर्माणको घोषणा

‘छक्का पञ्जा २’सुपर हिट पछि दिपकराज गिरीले गरे “छक्का पन्जा ३ “निर्माणको घोषणा

यस बर्षको सुपर हिट चलचित्र ‘छक्का पञ्जा २’ले सिनेमा घरहरुमा सानदार कमाई गरि रहेको बेला निर्माता तथा कलाकार दीपकराज गिरीले “छक्का पन्जा ३ “ निर्माण हुने बताएका छन्।मंगलबार निर्माता तथा कलाकार दिपकराज गिरीले आफ्नो फेसबुक मार्फत “छक्का पन्जा ३ “ निर्माण हुने घोषणा गरेका छन् ।

चलचित्रको गीत रिलिज बाट नै आफुहरुलाई आक्रमण गर्दै आए पनि अन्तमा दर्शकले साथी दिएको भन्दै हाम्रो ब्रान्डलाई सधै द्रशाले साथ दिएको भन्दै “छक्का पन्जा ३ “ को तयारीमा लागेको बताउनु भयो। समिक्षक र दर्शकले देखाएका केहि गल्ति छन् त्यसलाइ भबिष्यमा सुधार्दै जाने दिपकराज गिरीले बताए ।अब निर्माण हुने “छक्का पन्जा ३ “ को कथा र कलाकार लगायतको बारेमा भने केहि जानकारी दिएका छैन् ।

असोज ११गते बाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा २’अहिले पनि देशका सबै चलचित्र हलमा प्रदर्शन भै रहेको छ ।१३ दिनमा ११ करोड बढीको व्यापार गरेको ‘छक्का पञ्जा २’हेर्ने दर्शकको हलमा अझै कुनै कमि आएको छैन ।

‘छक्का पञ्जा २’लाई दिपाश्री निरौलाले निर्देशन गर्नु भएको हो ।चलचित्र ‘छक्का पन्जा २’मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल,स्वस्तिमा खड्का , स्वरूप पुरुष ढकाल शिवहरी पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, सरोज खनाल लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*