Thursday , 19 October 2017
News update
Home >> Features >> हङकङ आइडल राज तामाङको गीतको भिडियो सार्वजनिक

हङकङ आइडल राज तामाङको गीतको भिडियो सार्वजनिक

हङकङ आइडलको उपाधि विजेता गायक राज तामाङको गीतको भिडियो सार्वजनिक भएको छ ।राजको आफ्नै शब्द तथा संगीतको नया“ पप गीत‘हाइ हेल्लो…’ को म्युजिक भिडियो लिएर दर्शकमाझ आएका छन् । डान्सिङ शैलीको यस गीतमा सञ्जीव बराइलीद्वारा संगीत संयोजन गरिएको उक्त गीतको म्युजिक भिडियोलाई पार्टि थिममा छायांकन गरिएको छ ।

भिडियोमा क्रिस्टिना थापा तथा साजन तामाङले आकर्षक नृत्य तथा अभिनय गरेका छन् । साजन नृत्यमा आधारित रियालिटी शो छमछमी–२ का विजेता पनि हुन् । ज्ञानेन्द्र शर्माद्वारा छायांकन गरिएको उक्त भिडियोको निर्देशन मिलन थापाले गरेका हुन् । भिडियोमा साजन थापाको कोरियोग्राफी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*