Thursday , 19 October 2017
News update
Home >> Features >> ‘कहिँ कतै’ ट्रेलर रिलिज ,सिक्किममा प्रिमियर हुदै

‘कहिँ कतै’ ट्रेलर रिलिज ,सिक्किममा प्रिमियर हुदै

चलचित्र ‘कहिँ कतै’को ट्रेलर रिलिज गरिएको छ । सविर श्रेष्ठ निर्देशित यस चलचित्र नोभेम्बर ६ मा भारतको पूर्वोत्तर राज्य सिक्किममा विश्व प्रिमियर हुँदैछ ।
नेपाल रिलिज डेट भने तय भएको छैन ।

रोमान्टिक र फेमिली ड्रामामा रहेको ‘कहिँ कतै’मा शिवानी गिरी, दिलिप रायमाझी, किशोर खतिवडा, सोनम बरफुङ्पा, उमा बेबी लगायत मुख्य अभिनय रहेको छ । यस फिल्म मार्फत शिवानी र सोनम अभिनयमा डेब्यु भएका छन् । नेपाल र सिक्किममा छायांकन गरिएको फिल्म ग्लसी लाग्छ ।

बाबु श्रेष्ठको छायांकन, अर्जुन जिसीको सम्पादन, सचिन सिंह र लक्की सिटौलाको संगीत, निर्देशक श्रेष्ठकै लेखन समावेश छन् । डोमेनिक सेभियो डिसुजासँग मिलेर उमाले फिल्म निर्माण गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*