Thursday , 19 October 2017
News update
Home >> Features >> ’ऐश्वर्य’को नया पोस्टरमा केकी अधिकारी

’ऐश्वर्य’को नया पोस्टरमा केकी अधिकारी

गीत संगीत र ट्रेलरले निकै चर्चामा रहेको चलचित्र ’ऐश्वर्य’को  प्रचार प्रसारको लागि नायिका केकी अधिकारीलाइ अगाडी ल्याएको छ । ट्रेलरमा मात्र रिभिल गरिएको केकीलाई निर्माण पक्षले सार्वजानिक गरेको नयाँ पोष्टरमा केकीलाई अभिनेता रमेश उप्रेतीसंग प्रस्तुत गरेको छ । ट्रेलरमा दर्शकलाई सरप्राइज दिएपछि निर्माण टीमले केकीलाई पोष्टरमा पनि रिलिज गरेको छ । दर्शकले ट्रेलरमा केकीलाई रुचाएका छन् भने फिल्म भित्र उनि दमदार भूमिकामा रहेको निर्माण पक्षले बताउदा आएको छ ।

कार्तिक ९ मा रिलिज हुने ’ऐश्वर्य’ रमेश उप्रेती , दीपिका प्रसाई , केकी अधिकारी , प्रशान्त ताम्राकार , अर्जुन श्रेष्ठ , निर्मल शर्मा , तेंजु योन्जन लगायतको अभिनय रहेको छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । । अमेरिकाको बसाइपछी नेपाल फर्किएका रमेशले यसै फिल्म मार्फत निर्माताको रुपमा पनि डेब्यु गरेका छन् ।

निर्मल शर्मा सह निर्माता रहेको यस फिल्ममा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ । सुदीप वरालको छायाँकन रहेको यो फिल्म कार्तिक ९ मा रिलिज हुनेछ । फिल्मलाई अल नेपाल डिसीएनले वितरण गर्नेछ ।

दिवाकर भट्टराई लेखक , निर्देशक :हामीले केकीजीलाई हाइड गर्यौ भन्ने पनि कहिँ कतै सुने तर यो सब टीमको प्लानिङ नै हो । केकीजी फिल्ममा महत्वपूर्ण भूमिकामा हुनुहुन्छ भने उहाले सबैको मन पनि जित्नु हुनेछ भन्नेमा हामी विश्वस्त छौ । केवल हामीले पब्लिसिटी प्लानिङ अनुसार उहालाई अगाडी ल्याएका हौ । हामी यतिबेला रिलिजको अन्तिम तयारीमा छौ , जहाँ नयाँ पोष्टरमा केकी जीलाइ दर्शकले देखन सक्नुहुनेछ ।

रमेश उप्रेती र अभिनेता तथा निर्माता : फिल्मको सार्वजनिक गीत र ट्रेलर मार्फत आएको रेस्पोन्सले खुसि बनाएको छ । एउटा राम्रो फिल्म बनाउने र मेकिङको स्तरीयता पनि देखाउने सपना पुरा भए जस्तो लाग्छ । म विदेशमा बस्ने नेपालीलाई क्वालिटीको फिल्म देखाउन चाहन्थे । हामीले नयाँ पोष्टरमा केकी जी लाई रिलिज गरेका छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*