Thursday , 19 October 2017
News update
Home >> Features >> साम्राज्ञी र सलिनमानको ‘कसम हो कसम ‘गीतलाई युट्युबमा करोड पटक हेरियो

साम्राज्ञी र सलिनमानको ‘कसम हो कसम ‘गीतलाई युट्युबमा करोड पटक हेरियो

पछिल्लो समय नेपाली चलचित्रको गीत संगीतले निकै राम्रो गर्न थालेका छन् ।बिशेष गरेर नेपाली चलचित्रका गीतलाई युट्युबमा करौडौ पटक हेर्न थालिएको छ ।चलचित्र दुई रुपियाको गीत करिड तिन करोडको नजिक पुग्न लागेको छ भने अन्य थुप्रै फिल्मको गीतले करोड भन्दा बढी पटक युट्युबमा हेरिएको छ ।

यस्तै गत भाद्र १६ गते बाट प्रदर्शन चलचित्र ‘ए मेरो हजुर २’को गीतलाई पनि युट्युबमा १ करोड भन्दा बढी पटक हेरिएको छ ।चलचित्रमा समाबेश
‘कसम हो कसम ‘को बोलको गीतलाई साढे ६  महिनामा एक करोड पटक हेरिएको हो ।कृष्ण हरि बरालको शब्द रहेको यस गीतमा सुगम पोखरेलको स्वर रहेको छ । कल्याण सिंहको संगीत रहेको यस गीतमा रेनाषा बान्तवा राईको कोरियोग्राफी रहेको छ ।

नायिका झरना थापाको निर्देशन रहेको ‘ए मेरो हजुर २’लाई नेपाली बक्स अफिसमा सुपर हिट साबित भएको थियो ।चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अम्बर सुवेदी, अम्बर पौडेल, अनुभव रेग्मी, विल्सनविक्रम राई, बुद्दी तामाङ लगायतको अभिनय रहेको छ।चलचित्र ‘ए मेरो हजुर २’सुहाना इन्टरटेनमेन्टको व्यानरमा यो सिनेमालाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*