Friday , 15 December 2017
News update
Home >> bollywood >> अजयको ‘गोलमाल अगेन’ले एक दिनमा ३० करोड कमाउदा आमिरको ‘सीक्रेट सुपरस्टार’ले दुई दिनमा कमायो १४ करोड

अजयको ‘गोलमाल अगेन’ले एक दिनमा ३० करोड कमाउदा आमिरको ‘सीक्रेट सुपरस्टार’ले दुई दिनमा कमायो १४ करोड

सुपर हिट चलचित्र गोलमालको चौथो सिरिज ‘गोलमाल अगेन’ले पनि पहिलो दिन भारतीय बक्स अफिसमा शानदार कमाई गरेको छ।तिहारको अबसरमा शुक्रबार बाट प्रदर्शनमा आएको ‘गोलमाल अगेन’ले पहिलो दिन ३० करोड १४ लाख कमाई गरेको छ ।रोहित शेट्टीको निर्देशन रहेको यस चलचित्रले आमिर खानको ‘सीक्रेट सुपरस्टार’ लाई निकै पछि परेको छ।

आमिर खानको ‘सीक्रेट सुपरस्टार’ ले पहिलो दिन ४ करोड ८० लाख कमाई गारो भने दोस्रो दिन ९ करोड ३० लाख कमाई गर्दै दुई दिनमा १४ करोड १० लाख कमाएको छ ।अजय देवगन, तब्बू, तुषार कपूर, अरशद वारसी, जॉनी लीवर, श्रेयस तलपड़े, कुणाल खेमू र परिणीति चोपड़ा लगायतको अभिनय रहेको ‘गोलमाल अगेन’ले पहिलो दिन नै शानदार कमाई गरेर आमिर खानको ‘सीक्रेट सुपरस्टार’ लाई ठुलै धक्का दिएको छ

चलचित्र ‘गोलमाल अगेन’ लाई पहिलो दिन नै बक्स अफिसमा ‘सुपरहिट’भनिएको छ ।साउथ चलचित्र बहुबालीलाई छोड्ने हो भने यो बर्ष सबै भन्दा बढी पहिलो किन कलेक्सन गर्ने चलचित्र नै ‘गोलमाल अगेन’भएको छ ।कमेडी चलचित्र ‘गोलमाल अगेन’ले चार दिनमा सय करोड कमाउने आकलन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*