Friday , 15 December 2017
News update
Home >> Features >> ’ऐश्वर्य’ लाई पिजी सर्टिफिकेट, बालबालिकाले चलचित्र हेर्न अभिभावक चाहिने

’ऐश्वर्य’ लाई पिजी सर्टिफिकेट, बालबालिकाले चलचित्र हेर्न अभिभावक चाहिने

यहि शुक्रबार बाट प्रदर्शनमा आउन लागेको चलचित्र ’ऐश्वर्य’ लाई चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) ले पिजी सर्टिफिकेट दिएको छ । पिजी पाएसँगै अब फिल्म हेर्न १६ बर्षमुनिका बालबालिकाहरुका लागी अभिभावकको साथ चाहिने भएको छ ।चलचित्रमा समावेश केहि द्धन्द्धका दृश्यका कारण ऐश्वर्याले केन्द्रिय चलचित्र जाँच पधाधिकारिहरुबाट पिजी सर्टिफिकेट प्राप्त गरेको हो।

कार्तिक ९ मा रिलिज हुने ’ऐश्वर्य’ रमेश उप्रेती , दीपिका प्रसाई , केकी अधिकारी , प्रशान्त ताम्राकार , अर्जुन श्रेष्ठ , निर्मल शर्मा , तेंजु योन्जन लगायतको अभिनय रहेको छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । । अमेरिकाको बसाइपछी नेपाल फर्किएका रमेशले यसै फिल्म मार्फत निर्माताको रुपमा पनि डेब्यु गरेका छन् ।

सांगीतिक प्रेम, द्वन्द र प्राप्तिको बिषयलाई उठान गरिएको यस चलचित्र ‘ऐश्वर्य’लाई  दिवाकर भट्टराईको निर्देशन गरेका हुन् ।सुदीप बरालको छायाँकन रहेको यस चलचित्रमा अर्जुन पोखरेलको संगीत र तेंजु योन्जनको कोरियोग्राफी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*