Friday , 15 December 2017
News update
Home >> bollywood >> भारतीय चर्चित गायक अंकित तिवारीले आज नारायणगढको क्याम्पाचौरमा आफ्नो प्रस्तुति दिदै

भारतीय चर्चित गायक अंकित तिवारीले आज नारायणगढको क्याम्पाचौरमा आफ्नो प्रस्तुति दिदै

तेरी गलिया तेरि गलिया……  लगायतका सुपरहिट गितका भारतीय चर्चित गायक अंकित तिवारी आज नारायणगढको क्याम्पाचौरमा आउदैछन् ।ज्याजी ईन्टरनेसनल र टीएसन म्यूजिक फिस्टालको आयोजनामा हुन लागेको लाईभ कन्सर्टको लागि आज दिउसो बलिउडका चर्चित पाश्र्व अंकित तिवारीले नारायणगढको क्याम्पाचौर आफ्नी प्रस्तुति दिदै छन्।

सो कन्सर्टमा अंकित तिवारीले प्रस्तुति करिब १ घण्टा सम्म आफ्ना चर्चित गीतहरु गाउने छन् । कार्यक्रममा सलिम फिट क्रीप एस.एल.ओ, ब्रोहुड व्याण्ड, द ट्रोक्सी र स्थानीय गायक सलिन मानन्धरको पनि प्रस्तुति रहने छ ।

कार्यक्रमको सम्पूर्ण तयारी सकिएको भन्दै आयोजक सस्थाका रुपेस सेनले कन्सर्ट हेर्न आउने दर्शकको लागि बैष्णव मिष्ठान्न भण्डार, चुल्हो र फुडकोर्टबाट र सिधै कार्यकर्म स्थल बाट टिकट सकिने बताउनु भयो । कार्यक्रमको लागि टिकट दर रु ५००, १००० र २००० तोकिएको छ ।भारतीय गायक आउदा करिब २० लाख माथिको खर्च हुने भएको ले यस पाली टिकट पहिलाको भन्दा केहि महँगो राखिएको सेनले बताउनु भयो ।

यसैबीच कार्यक्रमलाई रोचक एवं भव्यरुपमा सफल पार्न तयारी तिब्र पारिएको र राष्ट्रिय कलाकारहरुलाई समेत निमन्त्रणा गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*