Friday , 15 December 2017
News update
Home >> Article >> ‘ऐश्वर्य’को कमाई तीन दिनमा झण्डै २ करोड

‘ऐश्वर्य’को कमाई तीन दिनमा झण्डै २ करोड


हालै प्रदर्शनमा रहेको चलचित्र ‘ऐश्वर्य’ले दर्शकको साम्रै साथ पाइरहेको छ । बिहीबार छठको अवसरमा प्रदर्शनमा आएको उत्तः चलचित्रको व्यापार शुरुका दिनमा सुखद छ । ओपनिङ गरेको तीन दिनमा चलचित्रले झण्डै २ करोडको व्यापार गरेको निर्माण पक्षले जनाएको छ ।

१०० भन्दा बढी हलमा प्रदर्शनमा आएको चलचित्रले निर्माण पक्षले दिएको जानकारी अनुसार पहिलो दिन ४८ लाख दोस्रो दिन ५६ लाख र तेस्रो दिन ८० लाखको ग्रस कलेक्सन गरेको छ । शनिवार चलचित्र युनिट दर्शकको प्रतिक्रिया बुझ्न हल–हलमा गएको थियो ।

दर्शकको उत्साहजनक उपस्थिति र पाएको प्रतिक्रियाले चलचित्र युनिट दङ्ग देखिन्थे । रमेश उप्रेतीको निर्माणमा तयार भएको चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् ।

दिन अर्जुन श्रेष्ठ, निर्मल शर्मा र किरण राणा उप्रेतीको संयुक्त लगानी रहेको ‘ऐश्वर्य’ मा रमेश उप्रेती, प्रशान्त ताम्राकार, केकी अधिकारी दीपिका प्रसाइँ, केशव भट्टराई, सुनिता ठाकुर, विकास खतिवडा, अमित पोखरेल र कोरियोग्राफर योञ्जनको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*