Friday , 15 December 2017
News update
Home >> Article >> पंचायत बन्यो ‘बेस्ट मुभी इन फरेन ल्याङग्वेज’, अभिनेत्री नितालाई ‘बेस्ट लिडिङ्ग एक्ट्रेस’ अवार्ड

पंचायत बन्यो ‘बेस्ट मुभी इन फरेन ल्याङग्वेज’, अभिनेत्री नितालाई ‘बेस्ट लिडिङ्ग एक्ट्रेस’ अवार्ड

नेपाली फिल्म र अभिनेत्रीले अमेरिकामा भएको फिल्म फेष्टिवलमा उत्कृष्ट अवार्ड पाउन सफल भएको छ । पचास बर्ष अघिको कथालाई पर्दामा उतारेको चलचित्र पंचायत र अभिनेत्री नीता ढुंगानाले अर्वाड पाएका हुन ।

अमेरिकाको क्यालिफोर्निया स्थित सान्फ्रान्सिस्कोमा आयोजित ‘सान फ्रान्सिस्को फिल्म फेस्टिभल’मा नीताद्धारा अभिनित ऐतिहासिक चलचित्र ‘पंचाएत’ ले ‘बेस्ट मुभी इन फरेन ल्याङग्वेज’ विधामा उत्कृष्ट अवार्ड पाएको हो ।

अंग्रेजी फिल्म बाहेक अन्य विदेशी फिल्ममा पंचायतले उत्कृष्ट अवार्ड पाएको हो आफ्नो फिल्मले अवार्ड पाएकोमा निक्कै खुसी भएको कार्यकारी निर्माता तथा सञ्चारकर्मी रवि अधिकारीले बताउनुभयो ।

नेपालमा नेसनल अवार्ड समेत प्राप्त गर्न सफल अभिनेत्री नीता ढुंगाना सानै उमेर देखि अभिनयमा लागेकी नायिका हुन् । हालसम्म झण्डै २ दर्जन चलचित्रमा अभिनय गरिसकेकी उनको चर्चित चलचित्रहरु दबाब, ६ एकान ६, नोटबुक, मसान , हाम्रो माया जुनी जुनीलाई, निर्भय लगाएत छन् ।

उनले पछिल्लो पटक चलचित्र पंचायत खेलेकी थिईन् । यो फिल्ममा नीताले पश्चिम क्षेत्रकी किशोरीले भोग्ने समस्यालाई जिवन्त उतारेकी छिन् ।

उनको ससक्त अभिनय कै कारणा अन्तर्रास्ट्रिय फिल्म अवार्डमा उनलाई सम्मान गरिएको हो । सर्वोत्कृष्ट अभिनेत्री निता ढुंगाना फ्रम नेपाल, भन्ने आवाजÞ र ताली संगै त्यों विशाल हल गुन्जायमान भएको थियो । उनको प्रतिभाले अन्तर्राष्ट्रिय उचाई पाउँदा त्यहाँ रहेका नेपालीहरुले गर्वको महसुस गरेका थिए । यहि अक्टोबर २५ देखी २९ सम्म फेष्टिभल भएको थियो ।

१५ बर्ष अघिबाट सुरु भएको यस फेस्टिबलमा गत वर्षदेखि नेपाली चलचित्रले पनि सहभागी हुन् थालेको साउथ एसियन संयोजक तथा नेपाल पर्यटनबोर्ड सन सनफ्रान्सिस्को लागि पर्यटनदूत प्रकाश थापाले जानकारी दिएका छन् गत वर्ष नेपाली चलचित्र तीन घुम्तीले उत्कृष्ट बिदेशी भाषाको चलचित्र पुरस्कार जित्न सफल भएको थियो ।

यता चलचित्र पंचायतकी नायिका नीता ढुंगानाले फिल्मसँगै आफुले अवार्ड पाएकोमा नेपाली भएर गर्व लागेको बताईन् । अमेकिारमा एक शो भएको चलचित्र अन्य शो समेत गर्ने तयारी छ । फेसबुकमा स्टाटस राख्दै उनले शव्दमा आफुले बयान गर्न नसक्ने समेत बताएकी छिन् ।

फिल्म फेष्टिवलमा हालीवुड र एसियन चलचित्रहरु गरि २ सय चलचित्रले प्रतिस्पर्धा गरेका थिए । ग्रामिण कथा र पुरानो संस्कृति झल्काउने फिल्म पंचायतको लेखन तथा निर्देशन शिवम अधिकारीले गरेका हुन् । अभिकारीले आफ्नो योगदानको कदर भएको भन्दै अन्य अर्वाडमा पनि फिल्म पठाउने बताउनुभयो ।

गणेश गिरीको प्रस्तुति रहेको फिल्मको निर्माण सुशान्त श्रेष्ठ र शंकर सुवेदीले गरेका हुन् । सञ्चारकर्मी रवि अधिकारी फिल्मका कार्यकारी निर्माता हुन् ।

फिल्ममा सरोज खनाल र निता ढुंगाना मुख्य भूमिकामा छन् भने रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ । अवार्ड प्राप्त चलचित्र चलचित्र पंचायत आगामी फागुन १७ गतेदेखि देशभर प्रदर्शन हुँदै छ ।

नीताको प्रतिक्रिया जस्ताको तस्तै
नाट्यश्वरीदेवीको आशिर्वादले , मेरो वाल्यकालदेखी शुरूवाद भएकोअभिनय यात्रा, आज अमेरीकाको सानफ्रान्सीस्को(क्यालीफोर्निया) मा सम्पन्न “सानफ्रान्सीस्को ईन्टरनेशनल फÞिल्म फÞेस्टीवल” सम्म आईपुगेको छ।मन्चमा उभिएर ,उत्कृष्ट नेपाली चलचित्र अभिनेत्रीको अवार्ड( चलचित्र “ पन्चायत” ) प्राप्त गर्दै गरेको एउटा स्वणीम यो समयलाई म शव्दमा मात्रै वयान गर्न सक्दिन ।
यो समयमा मैले ,यो स्थान सम्म पुग्न मलाई प्रत्यक्षर अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने मेरा समस्त शुभचिन्तकर सहकर्मीर सन्चारकर्मी का साथै विशेषत मेरा सम्पुर्ण महान दर्शकवृन्द हरूलाई अन्तरमनवाट सम्झेकी छु र फेरीपनी म हार्दीक आभार व्यक्त गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*