Friday , 15 December 2017
News update
Home >> Features >> एमाले अध्यक्ष ओली र माओबादी अध्यक्ष दाहालबाट जनबादी गायक पाख्रिनको शबमा अन्तिम श्रद्धान्जली(भिडियो)

एमाले अध्यक्ष ओली र माओबादी अध्यक्ष दाहालबाट जनबादी गायक पाख्रिनको शबमा अन्तिम श्रद्धान्जली(भिडियो)

चितवन, ६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रिय सल्लाहाकार एबं जनबादी गायक खुसीराम पाख्रिनको पार्थिब शरीर आज बिहान माओवादी पार्टीको कार्यालय चितवनमा राखेर अन्तिम श्रद्धान्जली अर्पण गरिएको छ । स्वर्गिय पाख्रिनको पार्थिब शरीरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष के पि शर्मा ओली, माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल लगाएतका शिर्ष नेताहरुले पार्टीको झण्डा ओढाएर श्रद्धान्जली अर्पण गर्नु भएको थियो ।

सो क्रममा उहाँहरुले पाख्रिनलाई फुल माला र अबिर समेत लगाएर अन्तिम श्रद्धान्जली अर्पण गर्नु भएको थियो । बाम गठबन्धनको मंगलबार भरतपुरमा आयोजित संयुक्त जनसभा एबं स्व. प्रकाश दाहालको शोक सभामा गित गाउँदा गाउँदै अचेत भई उपचारको क्रममा हृदयघातका कारण पाख्रिनको निधन भएको थियो । अन्तिम श्रद्धान्जलीका क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शोक बक्तव्य जारि गर्दै उहाँको निधनबाट पार्टी र देशलाई अपुरणीय क्षती भएको जनाउनु भएको छ ।

बक्तव्यमा पार्टीका केन्द्रिय सल्लाहाकार, नेपाली प्रगतिबादी साहितिक एबं सांस्कृतिक आन्दोलनका धरोहर जनताका प्रिय गायक पाख्रिनको निधनले पार्टी स्तब्ध भएको जनाईएको छ । बक्तव्यमा भनिएको छ, “शोकको यस दुखत क्षणमा हाम्रो पार्टी क. खुसीराम पाख्रिन प्रति भाबपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन, आफन्त, शुभेच्छुक एबं सहयोद्धाहरुमा गहिरो समबेदना व्यक्त गर्दछ ।”

बक्तव्यमा त्याग र निष्ठाका बिम्भ, जनताका प्रिय नेता एबं गायक पाख्रिनको निधनले हाम्रो पार्टी नेपालको कम्युनिष्ट आन्दोलन र प्रगतिशिल साहित्यिक, सांस्कृतिक आन्दोलनमा अपुरणीय क्षति पुगेको जनाईएको छ । उहाँले देखाएको मार्गमा अबिचलित रुपमा पार्टी अघि वढ्ने पनि वक्तव्यमा जनाईएको छ ।
बि. सं. २००९ साल कार्तिक ९ गते गोर्खाको खरिबोटमा जन्मनु भएका पाख्रिनका एक श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ । उहाँका अर्का एक छोरा अमर पाख्रिन जनयुद्धका क्रममा २०६१ साल चैत्र ३ गते लम्जुङ्मा मारिनु भएको थियो । बि. सं. २०३८ सालमा सगरमाथाको काखबाट भन्ने प्रगतिशिल गितबाट सांगितिक यात्रा सुरु गर्नु भएका पाख्रिनका ५ सय भन्दा बढि प्रगतिशिल रचना प्रकाशित छन् । पाख्रिनको पार्थिब शरीरलाई तामाङ् संस्कृति अनुसार आजै अन्तेष्ठि गरिदै छ । भरतपुर महानगरपालिकाको नारायणी नदि किनारमा रहेको ज्ञानेश्वर सामुदायीक बनमा उहाँको अन्तेष्ठि गरिदै छ ।

उहाँको हालको निवास भरतपुर महानगरपालिका वडा नम्बर १९ रामपुरमा रहेको छ । निधन पछि मंगलबार घर लगिएको पाख्रिनको शबलाई आज बिहान श्रद्धान्जलीका लागि पार्टी कार्यालय ल्याईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*