Friday , 15 December 2017
News update
Home >> Features >> पल शाह र करिश्माको रोमान्टिक भिडियो सार्वजनिक

पल शाह र करिश्माको रोमान्टिक भिडियो सार्वजनिक

मोडल तथा अभिनेता पल शाह तथा मोडल करिश्मा ढकालको रोमान्टिक अभिनयसहितको एउटा म्युजिक भिडियोले कम समयमै दर्शकको मन जितेको छ । अष्टे«लियाको सिड्नीमा बसोबास गर्ने युवा गायक सञ्जीव खरेलले आफ्नो सांगीतिक जीवनकै पहिलो म्युजिक भिडियोमा पल र करिश्मालाई फिचर गरेका हुन् ।

आफ्नै शब्द, संगीत तथा स्वरमा तयार पारिएको ‘मेरो माया…’ शीर्षकको गीतमा पल र करिश्माको जोडी आकर्षक देखिएको छ । गोपाल रसाइलीद्वारा संगीत संगीत संयोजन तथा मिक्सिङ गरिएको उक्त गीतको म्युजिक भिडियोमा वियोगान्त रुपमा टुंगिएको एउटा प्रेम कथालाई चित्रण गरिएको छ ।

उक्त म्युजिक भिडियोको निर्देश्ँन लक्ष्मण पौड्यालले गरेका हुन् । नेपाल आइडलको निर्देश्ँन गरेर चर्चामा आएका निर्देश्ँक पौड्यालले यो भिडियोमार्फत आफ्नो निर्देशकिय क्ष्ँमता प्रमाणित गरेका छन् । गीतका शब्दले व्यक्त गरेका भावनालाई भिडियोका दृष्यहरुमार्फत व्यक्त गर्न निर्देश्ँक पौड्याल सफल देखिएका छन् ।

भिडियोमा प्रस्तुत गरिएका आकर्षक लोकेशनलाई क्यामरामा कैद गर्ने काम छायांकार अर्जुन तिवारी तथा उनको समुहले लिएको छ । निशान घिमिरेले यो भिडियोलाई सम्पादन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*