Friday , 15 December 2017
News update
Home >> Features >> चलचित्र ‘राज्जा रानी’को ट्रेलर सार्वजनिक(भिडियो)

चलचित्र ‘राज्जा रानी’को ट्रेलर सार्वजनिक(भिडियो)

चलचित्र ‘राज्जा रानी’को ट्रेलर सार्वजनिक भएको छ ।शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । केकी अधिकारी र नाजीर हुसैनको मुख्य भूमिका रहेको ‘राज्जा रानी’मा मधेशमा हुने गरेको दाइजो प्रथाको कथामा आधारित रहेको छ ।

पुष २१ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रलाई याम थापाले निर्देशन गरेका हुन् । चलचित्रमा केकी र नाजीर सगै कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको पनि अभिनय छ ।

आर्यन फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित ‘राज्जा रानी’लाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् । चलचित्रमा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । यो चलचित्र मैथिली भाषामा पनि प्रदर्शन हुँदैछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*