Friday , 15 December 2017
News update
Home >> Features >> प्रियंका र आर्यन अभिनित ‘बटरफ्लाई’को ट्रेलर सार्वजनिक(भिडियो )

प्रियंका र आर्यन अभिनित ‘बटरफ्लाई’को ट्रेलर सार्वजनिक(भिडियो )

पुष २८ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘बटरफ्लाई’को ट्रेलर सार्वजनिक गरिएको छ । प्रियंका कार्की र आर्यन अधिकारीको मुख्य भूमिका रहेको ‘बटरफ्लाई’लाई ओम प्रतिक गुरुङले लेखन तथा निर्देशन गरेका हुन् ।

चलचित्रमा आर्यन र प्रियंकाको साथमा अर्पण थापा, रविन्द्र खड्का, सुस्मा कार्की पुरन थापा, मोहन निरौला, सुरबिर पण्डित, राम बुढाथोकी र माधव पण्डितलगायतका कलाकारको अभिनय रहेको छ ।

द फ्रेम क्रियसनको प्रस्तुति ‘बटरफ्लाई – कलर्स अफ लभ’मा पुष्पाञ्जली अधिकारी (सख), रामशरण राना र भुपेन्द्र सुवेदीको लगानी छ। चलचित्रलाई अर्जुन जिसी र मन्दील श्रेष्ठले सम्पादन गरेका छन् भने छायाँकनमा सुरेश बज्राचार्य र द्वन्द निर्देशनमा कुमार महर्जन रहेका छन् ।

चलचित्रमा कार्यकारी निर्मातामा रमेश प्रजापति, सह–निर्माता सरोज शाह र नविन अधिकारी रहेका छन् ।चलचित्रमा अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*