Friday , 15 December 2017
News update
Home >> Features >> चलचित्र ‘लभ डायरिज’मा नायक सुशील श्रेष्ठ नयाँ अवतारमा

चलचित्र ‘लभ डायरिज’मा नायक सुशील श्रेष्ठ नयाँ अवतारमा

चलचित्र ‘लभ डायरिज’निर्माण हुने भएको छ ।ईइस्टेर इन्टरटेनमेन्ट’को व्यानरमा निर्माण हुने लभस्टोरी चलचित्र ‘लभ डायरिज’लाई सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् ।

चलचित्रमा ‘कारखाना’ अभिनेता सुशील श्रेष्ठ नयाँ अवतारमा देखिने छन् ।निर्माण टिमले सुशीलको न्यु लूक्स समेत सार्वजनिक गरेको छ । चलचित्रमा सुशील लगायत रुबिना थापा, विश्वजित रिमाल, बिष्णु सापकोटा लगायतका कलाकार फाईनल भएका छन् ।सम्पादक साहिल खानले यो सिनेमामा ‘एसोसियट डाइरेक्टर’को भूमिका निर्वाह गर्नेछन् । साथै, सिनेमामा साहिल र मिलन श्रेष्ठको सम्पादन समेत रहनेछ ।

चलचित्रमा विनोद सापकोटाको निर्माण र बीबी ढकालको सहनिर्माण रहनेछ । चुनाव सकिए लगतै छायाँकनमा जाने सिनेमामा संजय लामाको छायाँकन, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहनेछ । प्राय सिनेमाको घोषणा प्रेसमिट गरेर गर्ने गरिन्छ । ‘लभ डायरिज’ले भने पहिलो पटक भिडियोद्वारा सिनेमा घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*