Friday , 15 December 2017
News update
Home >> Features >> शिव परियारको स्वरमा निकै मार्मिक गीत सार्वजनिक(भिडियो)

शिव परियारको स्वरमा निकै मार्मिक गीत सार्वजनिक(भिडियो)

अहिलेका चर्चित तथा व्यस्त गायक शिव परियारको नया गीत सार्वजनिक गरिएको छ । सयौ हिट गीत दिएर लाखौ दर्शक तथा स्रोतको मन बस्न सफल गायक शिव परियारको आवाज रहेको निकै मन छुने ‘आँशुको अर्थ’बोलको गीतको अडियो युटुब बाट रिलिज गरिएको छ ।यस अघि आएका गीत जस्तै यस गीतलाई पनि दर्शक तथा स्रोतले मन पराउने गायक परियारको विश्वास रहेको छ ।गीतमा अहिलेका चर्चित गायक तथा संगीतकार टंक बुढाथोकिको संगीत रहेको छ ।

थुप्रै हिट गीतमा संगीत तथा स्वर दिएका बुढाथोकीले यस गीतले बजारमा छिट्टै चर्चा पाउनेको साथै तथा दर्शक तथा स्रोतको मन जित्नेमा आफु ढुक्क रहेको बताउनु भयो । गीतलाई संचारकर्मी रबि अधिकारीले लेख्नु भएको हो ।रंगपत्रकरितामा आफ्नो भिन्दै पहिचान बनाउन सफल अधिकारी पछिल्लो समय गीत लेखनमा समेत आफुले प्रस्तुत गर्नु भएको छ ।पत्रकारिता ,चलचित्र निर्माण ,गीत लेखन र अभिनय समेत सक्रिय अधिकारीको निकै सक्रिय रहनु भएको छ ।

शिव परियारको ‘आँशुको अर्थ’बोलको यस गीतलाई कभर गीत गाउनेलाई गायक तथा संगीतकार टंक बुढाथोकिको स्टुडियो ९ मा निशुल्क रेकडको समेत व्यवस्था गरिएको छ ।साथै यस गीतको कभर भिडियो निर्माण गरेर namastefilmy @gmail .com पठाऊना सक्नु हुने छ ।उत्कृस्ट भिडियो निर्देशक र उत्कृस्ट अभिनय गर्नेलाई गीतको ओरिजिनल भिडियोमा अभिनय तथा निर्देशन को मौका दिनुको साथै नगद पुरुस्कार समेत पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*