Friday , 15 December 2017
News update
Home >> Features >> राजनराज शिवाकोटीको स्वर र संगीतमा ‘हुर्रे’ को गीत सार्वजनिक (भिडियो )

राजनराज शिवाकोटीको स्वर र संगीतमा ‘हुर्रे’ को गीत सार्वजनिक (भिडियो )

चलचित्र ‘हुर्रे’ को गीत सार्वजनिक भएको छ।लोकलयमा आधारित ‘ठेकीमा दहि’बोलको सार्वजनिक गीतमा राजनराज शिवाकोटी संगीत रहेको छ ।राजेन्द्र थापाको शब्द र राजनराज र मिलन अमात्यको स्वर रहेको यस गीतलाई विक्रम स्वारको कोरियोग्राफी गरेका हुन् । केकी अधिकारी ,अंकित खड्कार राजाराम पौडेललाई फिचरिंग गरिएको छ ।

चलचित्रमा अनुप विक्रम शाही, केकी अधिकारी, राजाराम पौडेल, प्रकाश घिमिरे, विजय बराल, अंकित खड्का, संगीता नापित, उपदेश तिमिल्सिना लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

दावा शेर्पा ‘शेट्टी’ को प्रस्तुतिमा तयार भएको फिल्म ‘हुर्रे’ मा सोनाम लामा ‘ब्लोन’ र छिरिङ्ग दोर्जे लामाको लगानी रहेको फिल्ममा सह निर्माताको रुपमा अरुण सेदाई रहेका छन् ।चलचित्र फागुन २५ गते बाट प्रदर्शनमा आउने भएको छ ।

कमेडी जनरको यस चलचित्रमा लेखन तथा निर्देशन यम थापाको रहेको छ ।चलचित्रमा मा शिव ढकालको छायांकन, कालीप्रसाद बास्कोटा र राजनराज सिवाकोटीको संगीत, चन्दन दत्तको सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*