Friday , 15 December 2017
News update
Home >> Features >> चलचित्र‘लाल पुर्जा’को गीत रिलिज ,माघ ४मा प्रदर्शनमा आउने (भिडियो)

चलचित्र‘लाल पुर्जा’को गीत रिलिज ,माघ ४मा प्रदर्शनमा आउने (भिडियो)

चलचित्र ‘लाल पुर्जा’को पहिलो गीत रिलिज सगै प्रदर्शन मिति तय गरिएको छ ।चलचित्रको मितेरी बोलको गीत सार्वजनिक गरिएको छ । जेसन कुँवरको शब्द तथा संगीत रहेको गीतमा कुँवर स्वयम्, अञ्जान बाबु सुवेदी, सुम्निमा सिंह, संगीत चौंलागाईं र पुष्पा पलाञ्चोकेको स्वर रहेको छ ।

चलचित्र ‘लाल पुर्जा’माघ ४ गते बाट प्रदर्शनमा आउने भएको छ । चलचित्रलाई छड्के चलचित्र निर्देशन गरेका निगम श्रेष्ठले निर्देशन गरेका हुन् । विक्रम सिंह थारु र उमेश श्रेष्ठले यस चलचित्रलाई निर्माण गरेका हुन्।

चलचित्रमा सौगात मल्ल, हरिहर शर्मा , कमेश्वोर चौरसिया विपिन कार्की, मेनुका प्रधान, मिरुना मगर लगायत कलाकारहरु अभिनय रहेको छ । नरेन्द्र मैनालीको छायांकन रहेको यस चलचित्रलाई लोकेश बज्राचार्यले समदन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*