Friday , 15 December 2017
News update
Home >> Features >> ‘मह’को ‘शत्रु गते’मा टंक बुढाथोकीले दिए स्वर र संगीत

‘मह’को ‘शत्रु गते’मा टंक बुढाथोकीले दिए स्वर र संगीत

गायक तथा संगीतकार टंक बुढाथोकीले महसञ्चारको निर्माण रहेको चलचित्र ‘शत्रु गते’को एउटा गीतमा संगीत तथा स्वर दिएका छन् ।गीतको रेकर्डिङ उनले मंगलबार मात्रै सकाएका छन् । टंकको संगीत र स्वर रहेको उक्त गीतलाई लोकराज अधिकारीले लेखेका हुन् भने मीना निरौलाको गीतमा लेडिज स्वर रहेको छ।

संगीतकार टंक बुढाथोकीले मह जोडीको चलचित्रमा आफुले काम पाउदा निकै खुसि भएको बताउदै गीतलाई धेरै राम्रो बनाउने कोसिस गर्ने बताउनु भयो।

शत्रु गते’लाई ‘जात्रा’ निर्देशन गरेका प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । वीरगंज र काठमाण्डौमा छायाकंन गरिएको ‘शत्रु गते’मा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौड्याल, किरण केसी, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुषाल,राजाराम पौड्याल, अन्जु महर्जन राजु भुजु, मोहितवंश आचार्य, रवि शर्मा, नरेन्द्र कंशाकार लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

महसञ्चारको निर्माण किरण केसीको प्रस्तुति रहेको यस चलचित्रमा रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरि पौड्याल निर्माताको रुपमा रहेका छन् । ‘शत्रु गते’ चैत्र ९ गते देखि देशभर प्रदर्शनमा आउँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*