Monday , 21 May 2018
News update
Home >> Features >> ‘पिंजडा व्याक अगेन’को ट्रेलरमा निखिलको एक्शन सगै कमेडी (भिडियो)

‘पिंजडा व्याक अगेन’को ट्रेलरमा निखिलको एक्शन सगै कमेडी (भिडियो)

एक्शन स्टार निखिल उप्रेतीको अभिनय रहेको चलचित्र ‘पिंजडा व्याक अगेन’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका विच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

निखिलको डेब्यू चलचित्र ‘पिंजडा’को नाम सापटी लिएर निर्माण गरिएको ‘पिंजडा व्याक अगेन’को ट्रेलरमा एक्शन सगै पारिवारिक र माया प्रेमको कथा झल्किएको छ ।गीत संगीतले चर्चामा रहेको ‘तिमी नि आधा, म पनि आधा’ बोलको गीत ले निकै चर्चा बटुलेको छ ।

चलचित्रमा निखिल उप्रेती , सारा सिर्पाली स्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।यहि माघ ४ गतेलाई प्रदर्शन आउने ‘पिंजडा व्याक अगेन’लाई द्वन्द्व निर्देशक हिमाल केसीले निर्देशन गरेका हुन् । चलचित्र ‘पिंजडा व्याक अगेन’ लाई मौनता श्रेष्ठले लेखेका हुन् ।

चलचित्र श्रीराम बरालको प्रस्तुतिमा ओम शाही भक्त मुभिज र ओम साइ मौलाकालिका पिक्चर्सले संयुक्त रुपमा निर्माण गरेको हो ।सुशान्त श्रेष्ठ र बसन्त शर्मा चलचित्रका कार्यकारी निर्माता रहेका छन् । सौरभ लामाको छायांकन रहेको यस चलचित्रमा रोहित पुरी, गोविन्द गैरे र चन्द्र बहादुर क्षेत्रीको पनि लगानी रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*