Friday , 27 April 2018
News update
Home >> Features >> चलचित्र ‘रोमियो एण्ड मुना’को गीत रिलिज ,प्रेस मिटमा नै विकिनी गर्ल ईन्ट्री(भिडियो)

चलचित्र ‘रोमियो एण्ड मुना’को गीत रिलिज ,प्रेस मिटमा नै विकिनी गर्ल ईन्ट्री(भिडियो)

चलचित्र ‘रोमियो एण्ड मुना’ को ‘स्याण्डविच’ सङ्ग रिलिज गरिएको छ । बिहिबार राजधानीमा एक पत्रकार भेटघाट आयोजना गरिएर चलचित्रको गीत सार्वजनिक गरिएको हो ।चलचित्रको गीतमा विनय श्रेष्ठ विकिनी गर्लसँग मस्ती गरेका छन् । रोजक कुरा के छ भने पत्रकार भेटघाटमा विनय दुई विकिनी गर्लसँग कार्यक्रममा आएका थिए ।

सार्वजनिक गीतमा गौरव डागोन्करको संगीत, अर्ल युआरएलको शब्द तथा स्वर रहेको छ भने प्रताप सिंहको कोरियोग्राफी गरेका हुन् ।चलचित्रमा विनय श्रेष्ठ ,सृष्ट्रि श्रेष्ठ,सुस्मा कार्की, प्रज्जवल सुजल गिरी सुरक्षा पन्त लगायतको अभिनय छ ।

यस चलचित्रलाई नरेश कुमार केसीले निर्देशन गरेका हुन् ।भि मोसन पिक्चर्स, पिएमजी र केएस प्रोडक्सनको प्रस्तुती रहेको फिल्म ‘रोमियो एण्ड मुना’ मा विनय, प्रसन्न गोपाली, राम शर्मा र कविन शाक्यको लगानी रहेको छ । चलचित्र ‘रोमियो एण्ड मुना’ फागुन ११ गतेदेखि प्रदर्शनमा आउदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*