Sunday , 15 July 2018
News update
Home >> Features >> चर्चित गीत ‘साइँली’को नाममा बाट चलचित्र निर्माण हुने

चर्चित गीत ‘साइँली’को नाममा बाट चलचित्र निर्माण हुने

यो बर्षको निकै चर्चित गीत ‘साइँली’को नाममा अब चलचित्र निर्माण हुने भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्र ‘साइँली’ निर्माणको औपचारिक घोषणा गरिएको छ ।

‘साइँली’गीतका गायक हेमन्त रानाको ब्यानर जिएच इन्टरटेनमेन्ट ब्यानरले यस चलचित्र निर्माण गर्न लागेको हो । चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गर्दैछन् ।चलचित्र निर्माणको औपचारिक घोषणा सगै गीतलाई युट्युबमा साढे २ करोड पटक हेरिएको अवसरमा जिएच इन्टरटेनमेन्टले केक काटेर खुसी मनाएको थियो ।

गीतको भिडियोमा अभिनय गरेका गौरव पहाडी र नायिका मेनुका प्रधानको नै चलचित्रमा मुख्य अभिनय रहने छ । फागुन पहिलो साताबाट छायांकन सुरु हुनेछ । गीतमा प्रस्तुत गरिएको जस्तै चलचित्रमा पनि बैदेशिक रोजगारीको कथालाई प्रस्तुत गरिने छ । चलचित्रमा अजय पोखरेल, विशाल गुरुङ, मोहन थापाको लगानी रहने छ ।‘साइँली’फिल्मबाट गौरवले फिल्म निर्माताका रूपमा आफूलाई डेब्यू गराउँदैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*