Friday , 27 April 2018
News update
Home >> Features >> बहुप्रतिक्षित चलचित्र ‘कृ’को ट्रेलर सार्वजनिक,अनमोल केसी एङ्ग्री अवतारमा (भिडियो)

बहुप्रतिक्षित चलचित्र ‘कृ’को ट्रेलर सार्वजनिक,अनमोल केसी एङ्ग्री अवतारमा (भिडियो)

अनमोल केसीको अभिनय रहेको बहुप्रतिक्षित चलचित्र ‘कृ’को ट्रेलर सार्वजनिक गरिएको छ । यो बर्षकै प्रतिक्षाको रुपमा रहेको चलचित्र ‘कृ’को शुक्रबार राजधानीमा एक कार्यक्रमको बिच सार्वजनिक गरिएको छ। चलचित्रको सार्वजनिक ट्रेलरमा अनमोल केसीलाई लामो कपाल पालेर एङ्ग्री अवतार र लामो कपाल पालेर एङ्ग्री अवतार गरेर दुई भिन्न भिन्न रुपमा देख्न सकिन्छ ।

चलचित्रमा अनमोल सगै नायिका अदिती बुढाथोकी पनि रोमान्टिक अवतारमा देखिएकी छिन् । चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना, अनुप विक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ ।

माघ २६ गतेबाट प्रदर्शनमा आउन लागेको ‘कृ’लाई सुरेन्द्र पौडेलको निर्देशन गरेका हुन् ।चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन चन्द्र पन्तको एक्सन रहेको छ । सुवास इन्टरटेन्मेन्ट प्रालिको निर्माणमा बनेको चलचित्रलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुतिमा । सुवास गिरी र भूवन केसीले निर्माण गरेका हुन्। कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रको यस चलचित्रमा श्री पराजुली सह-निर्माताको रुपमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*