Sunday , 15 July 2018
News update
Home >> Features >> गायिका ईन्दिरा जोशीलाई मोहनी लगाउने यी हुन् (भिडियो )

गायिका ईन्दिरा जोशीलाई मोहनी लगाउने यी हुन् (भिडियो )

चर्चित रियालिटी शो ‘नेपाल आइडल’ मा निर्णायकको रुपमा सहभागि भएपछि गायिका ईन्दिरा जोशी पहिलो पटक एउटा नया“ गीत लिएर आएकी छिन् ।

अमेरिका निवासी गीतकार अम्बिका गुरुङका रोमान्टिक शब्दहरुको ‘मोहनी…’बोलको गीतमा ईन्दिरा जोशीले स्वर दिएकी छिन् । पप शैलीको उक्त गीतमा संगीतकार महेश ज्ञवालीको कर्णप्रिय संगीत समावेश छ ।

अमेरिकाका आकर्षक लोकेशनमा छायांकन गरिएको उक्त भिडियोको निर्देश्ँन अमेरिकमै बसाबास गर्ने निर्देशन अनिशा के क्षेत्रीले गरेकी हुन् । भिडियोमा दीप गुरुङ तथा सुनिक्षा मैनालीले अभिनय गरेका छन् ।

भिडियोमा दीपले प्रेमिकालाई वेवास्ता गर्ने भूमिका निर्वाह गरेका छन् भने सुनिक्षा ले भने प्रेमिलाई फकाउने शैलीको अभिनय गरेकी छिन् । सुशिल न्यौपानेद्वारा सम्पादन गरिएको उक्त भिडियोलाई टकिज प्रो तथा रचना पाण्डे जाफरले छायांकन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*