Monday , 23 July 2018
News update
Home >> kollywood >> हेटौंडामा यसरी चल्यो ‘म्युजिकल नाईट’ धमाका

हेटौंडामा यसरी चल्यो ‘म्युजिकल नाईट’ धमाका

नेपाल उद्योग वाणिज्य महासंघको चलचित्र तथा मनोरन्जन फोरमले हेटौडामा आयोजना गरेको म्युजिकल नाइट २०७४शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रममा हास्यकलाकार केदार घिमिरे माग्ने बुढा, सितादेवी घिमिरे,जितु नेपाल मुन्द्रे दीपाश्री निरौलाले दर्शकहरुलाई पेट मिचिमिचि हसाएका थिए । कार्यक्रममा गायिका अन्जु पन्त,गायक संगीतकार राजनराज सिवाकोटी र गायक युवराज चौलागाईले आफ्नो प्रस्तुती दिएका थिए ।

कार्यक्रममा नायक आकाश अधिकारी,यशराज गराच, नायिकाहरु मरिष्का पोखरेल, श्वेता खडका, सुष्मा कार्की, दीपाश्री निरौलाले नृत्य प्रस्तुत दिएका थिए ।


महासंघको दैवी प्रकोप राहत उद्धार कोषको सहयोगार्थ सातै प्रदेशमा आयोजना गरिने कार्यक्रम अन्र्तगत ३ नम्बर प्रदेशको हेटौडामा पहिलो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा बरिष्ठ कलाकार नीर शाह, हरिहर शर्मा, सुनिल थापा लगायत कलाकारहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*