Tuesday , 23 January 2018
News update
Home >> Features >> यस्तो छ ‘लाल पुर्जा’को दोश्रो प्रोमो

यस्तो छ ‘लाल पुर्जा’को दोश्रो प्रोमो

माघ ४ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लाल पुर्जा’ को दोश्रो प्रोमो सार्वजनिक गरिएको छ । फिल्मको सार्वजनिक दोश्रो प्रोमो न्यारेटिभ छ । अभिनेता सौगात मल्ल र विपिन कार्कीका केही संवाद छन् ।

निगम श्रेष्ठ निर्देशित ‘लाल पुर्जा’ मा सौगात र विपिन सँगै हरिहर शर्मा, कामेश्वर चौरसिया, मेनुका प्रधान, मिरुना मगर लगायत कलाकारहरुको अभिनय छ । मितेरी गाउँको कथा भन्ने फिल्म लाई विक्रम सिंह थारु र उमेश श्रेष्ठ मिलेर बनाएका हुन् । फिल्मको कथा निर्देशक श्रेष्ठ र निर्माता थारु मिलेर लेखेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*