Sunday , 15 July 2018
News update
Home >> bollywood >> ‘प्याड म्यान’ र ‘पद्मावत’ भिड्ने भए ,पछि हट्यो दया र प्रियंकाको ‘ह्याप्पी डेज’

‘प्याड म्यान’ र ‘पद्मावत’ भिड्ने भए ,पछि हट्यो दया र प्रियंकाको ‘ह्याप्पी डेज’

यहि माघ १२ गते बाट प्रदर्शन आउने भनिएको चलचित्र ‘ह्याप्पी डेज’ को प्रदर्शन मिति स्थगीत गरेको छ । माघ १२ गते बलिउडको दुई ठुला चलचित्र एक्कै साथ रिलिज हुने भए पछि ‘ह्याप्पी डेज’ पछाडी सरेको हो ।

अक्षय कुमारको ‘प्याड म्यान’ र विवादित फिल्म ‘पद्मावत’ एक साथ भिडन्त हुने भए पछि मिलन चाम्स निर्देशित ‘ह्याप्पी डेज’ले हल निकै कम पाउने देखे पछि अहिलेलाई चलचित्रको रिलिज मिति सारिएको हो । माघ १२ को मिति स्थगन भएपनि ह्याप्पी डेजको नयाँ प्रदर्शन मिति भने तय गरिएको छैन ।

चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स लगायतका कलाकारहरुको अभिनय रहेको छ छ ।

साढे २ करोडको बजेटमा निर्माण भएको सिनेमामा बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा. अशोक खनाल निर्माताका रुपमा रहेका छन् ।यस चलचित्रको छायांकन लन्डनका अलावा नेपाल, वेल्स, इङ्ल्याड, स्कटल्यान्ड लगायतका देशहरुमा गरिएको हो ।

त्यस्तै बलिउडका दुई प्रतिक्षित एक साथ रिलिज हुने भए पछि बलिउडमा पनि ठुलै तरंग आएको छ ।संजय लीला भन्सालीको निर्देशनमा तयार भएको ‘पद्मावत’ मा शाहिद कपूर , दीपिका पादुकोण , रणवीर सिंह मुख्य भूमिकामा छन् । यता यस अघि नै रिलिज मिति तय ‘प्याड म्यान’आर बाल्कीको निर्देशनमा निर्माण भएको फिल्ममा अक्षय कुमारको भूमिका महिलाहरुका लागि सस्तो र ‘अफोर्डेबल सेनेटरी प्याड्स’ बनाउनु रहेको छ ।