Friday , 27 April 2018
News update
Home >> Features >> पुसको जाडोमा सुष्मा कार्कीको हट नृत्यले हेटौडा तताए पछि (फोटो फिचर )

पुसको जाडोमा सुष्मा कार्कीको हट नृत्यले हेटौडा तताए पछि (फोटो फिचर )

चलचित्र लुटको सुपरहिट गीत ‘उध्रेको चोली’मा आइटम डान्स गरेपछि रातारात चर्चामा आएकी नायिका सुष्मा कार्की पछिल्लो समय गुमनाम जस्तै छिन् ।हेटौडामा आयोजना गरेको प्राकृतिक प्रकोप राहत उद्धार कोष सहयोगार्थ आयोजित म्युजिकल नाइटमा नायिका सुष्मा कार्की देखा परेकी छिन्।

कार्यक्रम पुसमा बढेको चिसोमा नायिका सुष्मा कार्कीले ‘लुट’ फिल्मको चर्चित ‘उध्रेको चोली’ र लुट २ फिल्मको चर्चित ‘ठमेल बजार’मा आकर्षक नृत्य प्रस्तुत गरेर मौसम तताएकी थिइन् ।हट फोटोसुट र वक्षस्थलमा बनाइएको सूर्यको ट्याटुले पनि चर्चामा आएकी सुष्माको हेटौडामा हट नूत्य प्रस्तुत गरिन ।

केहि समय अघि लन्डनमा बलिउड सुपरस्टार सलमान खानसँग हात समातेको उनको तस्बिरले मिडियामा राम्रै स्थान पायो भने मंसिरको चिसोमा रातो विकनीमा खिचिएका उनका तस्बिरले समेत चर्चा पाएको थियो ।

निर्देशक सुदर्शन थापादेखि रक गायक निरन शाहीसम्मको अफेयरका कारण पनि उनका गसिपहरू आइरहे । अहिले उनी के गर्दैछिन् वा कता छिन् भन्ने चासो कम हुन थालेको छ ।

कार्कीले डेढ दर्जनजति चलचित्रमा काम पनि गरिन् भने ‘उध्रेको चोली’मा नाच्दै देशविदेशको भ्रमण पनि प्रशस्तै गरिन् ।केही म्युजिक भिडियोमा काम गरिरहेकी सुष्मा कार्कीको पछिल्लो चलचित्र ‘चलेछ बतास सुस्तरी’ त्यति चलेन । यद्यपि विदेशमा हुने कार्यक्रमहरूमा उनको माग राम्रै हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*