Tuesday , 23 January 2018
News update
Home >> bollywood >> अजय देवगनको ‘टोटल धमाल’को मुर्हतमा आमिर खानले क्ल्याप हाने

अजय देवगनको ‘टोटल धमाल’को मुर्हतमा आमिर खानले क्ल्याप हाने

बलिउडको सफल चलचित्र ‘धमाल’को तेस्रो सिक्वेल ‘टोटल धमाल’को छायांकन आज बाट सुरु गरिएको छ । चलचित्रको छायांकन सगै रिलिज डेट घोषणा गरिएको छ ।चलचित्र ‘टोटल धमाल’को मंगलबार  आमिर खानले क्ल्याप ,अनिल कपुरले निर्देशन तथा माधुरी दिक्षितले एक सम्बाद बोल्दै मुर्हत सट दिएर चलचित्रको मुर्हत  गरिएको छ ।

२००७ मा रिलिज भएको ‘धमाल’ सुपरहिट भए पछि २०११ ‘डबल धमाल’ निर्माण गरिएको थियो । कमेडी चलचित्र ‘धमाल’ सञ्जय दत्त, जावेद जाफरी, रितेश देशमुख र अरशद वारसी मुख्य भूमिका थिए ।

त्यस्तै २०११ मा आएको ‘डबल धमाल’मा पनि चलचित्र ‘धमाल’ क कलाकारको नै मुख्य अभिनय रहेको थियो ।यो चलचित्रले पनि बक्स अफिसमा सुपरहिटको व्यापार गरेको थियो ।

अब बन्ने ‘टोटल धमाल’ भने अभिनेता अजय देवगनको मुख्य भूमिका रहने छ ।यस चलचित्रमा अजय सगैअनिल कपुर ,माधुरी दिक्षित, रितेश देशमुख, अरशद वारसी , जावेद जाफरीको मुख भूमिका रहने छ । ‘टोटल धमाल’ २०१८ को ७ डिसेम्बरमा रिलिज हुनेछ । ‘टोटल धमाल’लाई पनि यस अघिका सिरिज निर्देशन गरेका इन्दर कुमारले निर्देशन गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*