Friday , 27 April 2018
News update
Home >> Article >> अभिनेत्री श्वेता खड्काको चलचित्र ‘कान्छी’को दुवै गीत युट्युबमा हिट

अभिनेत्री श्वेता खड्काको चलचित्र ‘कान्छी’को दुवै गीत युट्युबमा हिट

अभिनेत्री तथा निर्मात्री श्वेता खड्काले निर्माण गरेको चलचित्र ‘कान्छी’ गीत संगीतले गर्दा अहिले निकै चर्चामा रहेको छ । अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन पछि उनले पहिलो पटक निर्माण गरेको ‘कान्छी’लाई अहिले बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ ।

‘कोहिनूर’ पछि फिल्म निर्माण तथा अभिनयमा फर्किएकी श्वेताको चलचित्र ‘कान्छी’को युट्युबमा सार्वजनिक भएको दुई वटै गीतलाई दर्शक तथा स्रोतले निकै मन पराएका छन् ।

कात्तिक १६ गते रिलिज गरिएको पहिलो गीत ‘चरी चट्ट परी भुरुरु’दर्शक तथा स्रोतामाझ यति लोकप्रिय भैसकेको छ युट्युबमा अहिले सम्म ८० लाख भन्दा बढी पटक हेरी सकिएको छ । ‘चरी चट्ट परी भुरुरु’ गीतमा राजनराज सिवाकोटीको शब्द संगीत रहेको छ भने गायिका अन्जु पन्त र सिवाकोटीले स्वर रहेको छ।

त्यस्तै केहि दिन अघि मात्रै ‘कान्छी’ सार्वजनिक गरिएको ‘कान्छी’ को द्रोस्रो गीत ‘यो जीउ दाउमा लाउने मैंले तिमीलाई मात्र हो’बोको गीतलाई पनि पाच दिनमा १० लाख भन्दा बढी पटक हेरिएको छ । अर्जुन पोख्रेलको संगीत तथा दयाराम पाण्डेको शब्द र धमेन्द्र सेवानको स्वर रहेको यस गीतले पनि अहिले बजारमा राम्रै चर्चा पाउन थालेको छ ।

मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा खिचिएको चलचित्र ‘कान्छी’आकाश अधिकारीको निर्देशन गरेका हुन् । फागुन ४ गते बाट प्रदर्शनमा रहेको ‘कान्छी’को छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् । चलचित्र ‘कान्छी’श्वेता सगै दयाहाङ राई अनु शाह, कामेश्वर चौरासिया, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियन्ता भूमिका श्रेष्ठको पनि अभिनय रहेको छ।

काया फिल्मस्को ब्यानरमा बनेको यस चलचित्रमा श्वेता खड्का र शैलेस खड्काको लगानी रहेको छ ।चलचित्रको सह–निर्माता रविन खड्का रहेका छन् ।चलचित्रमा बनिश शाह र भूपेन्द्र अधिकारीले सम्पादन,हिमाल केसीको द्वन्द्व तथा लेखन यम थापाको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*